macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

हत्या गरी फरार रहेका अभियुक्त १९ वर्षपछि साधुको भेषमा पक्राउ

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

चितवन । भरतपुर महानगरपालिका(७ बस्ने मन कुमारी वाग्लेको हत्या गरी फरार रहेका सोही महानगरपालिका–२८ बस्ने ४३ वर्षीय कृष्ण भन्ने तोयानाथ चापागाईलाई साधुको भेषमा मन्दिरबाट सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

नातामा नाती पर्ने चापागाईले २०६१ मंसिर १४ गते मन कुमारीलाई बाँसको लौरो र ढुंगा प्रहार गरी हत्या पश्चात कानमा लगाएको गरगहना समेत लुटी फरार भएका थिए ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवन र ईलाका प्रहरी कार्यालय बर्दघाट नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा नवलपरासी पश्चिम वर्दघाट नगरपालिका–४ बाढीपीडितस्थित शिव मन्दिरमा भेष बदलेर साधुको रुपमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

२४ असोज २०८०, बुधवार १३:१६ बजे प्रकाशित

NTA long ad