sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई एक्वायर गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौँ । एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई एक्वायर गर्नका लागि अन्तिम सम्झौतामा हस्ताक्षर भएको छ । कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी र डोटी गरी ५ जिल्लामा कार्यक्षेत्र रहेको कञ्चन सुदूरपश्चिम प्रदेशको बैंक हो ।

यसको मुख्य कार्यालय कञ्चनपुरमा छ । एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरे पश्चात यस बैंकको सुदूरपश्चिमका प्रदेशमा शाखा संख्या २४ पुग्नेछ भने एक्सटेन्सन काउन्टर संख्या ४ पुग्नेछ ।

एनएमबिले केही समयअघि मात्र ओम डेभलपमेन्ट बैंक गाभेको थियो । यो सँगै गण्डकी प्रदेशमा बैंकको उपस्थिति बलियो भइसकेको छ । मर्जर तथा प्राप्तिबाट एकातिर वित्तीय संस्थाको संख्या घटेको छ भने अर्को संस्थाहरु सबल पनि बन्दै जाने अपेक्षा गरिएको छ ।

 

gold
nawakantipur long