sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

रुपन्देहीको तिलोत्तमा नगरपालिकाका ३ जनामा कोरोना पुष्टि

Nimb long ad
Prabhu Insurance Long Ad

जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले तिलोत्तमा वडा नं. ४, ८ र ९ का १÷१ जना गरी ३ जनामा कोरोना पुष्टि भएको जनाएको छ । सक्रमित पुष्टि भएकाहरु वडा नं. ९ का ३५ वर्षीय र वडा नं. ८ का ६२ वर्षीय पुरुष र वडा नं. ४ की ४४ वर्षीया महिला रहेको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले जानकारी दिए ।

सुनौलीस्थित क्वारेन्टानमा बसेका उनीहरुलाई तिलोत्तमा नगरपालिकाले गत जेठ १२ र १३ गते उद्धार गरी क्वारेन्टाइनमा राखेको थियो । नगरपालिका प्रमुख घिमिरेका अनुसार क्वारेन्टाइनमा राखिएकाहरुको आरडीटी परीक्षण गर्दा १४ जनाको रिपोर्ट पोजेटिभ देखिएपछि उनीहरुलाई शंकरनगर स्वास्थ्य चौकीमा बनाइएको आइसोलेसनमा राखिएको थियो ।

जसमध्ये मध्ये ११ जनाको पीसीआर नेगेटिभ आएपनि तीन जनाको रिपोर्ट पोजेटिभ आएको घिमिरेले जानकारी दिए । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र शंकरनगर स्वास्थ्य चौकीमा निर्माण गरिएको आइसोलेसनमा उपचाररत रहेको पनि घिमिरेले बताए ।

gold
nawakantipur long