stcnepal long ad
ime life insurance
national life
global ime bank long

माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । माछापुच्छ्रे बैंकले असोज १८ गते बिहीबार वार्षिक साधारण सभा डाकेको छ । उक्त वार्षिक साधारण, होटल पोखरा ग्राण्ड पार्दीमा बिहान ११ बजे सुरु हुनेछ ।

उक्त सभामा बैंकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १३.३०% बोनस र कर प्रयोजनका लागि ०.७०% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि बैंकले असोज ८ गते सोमबार एक दिनका लागि बुक क्लोज गर्ने भएको छ ।

तसर्थ, आज  असोज ७ गते आइतबारसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश र सभामा भाग लिन पाउने छन् । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइसकेको उक्त लाभांश अब बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीलाई वितरण हुनेछ । साथै, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन

सम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि उक्त सभाले पारित गर्नेछ ।

IME Lifesidebar
kumari