sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

ग्लोबल आइएमई बैंकले इन्टरनेट बैकिङका ग्राहकलाई मोबाइल बैकिङमा सार्दै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ग्लोबल आइएमई बैंकले इन्टरनेट बैकिङका ग्राहकलाई मोबाइल बैकिङमा सार्ने भएको छ । बुधवार एक सूचना जारी गर्दै बैंकले भदौ ३१ गतेदेखि इन्टरनेट बैंकिङ प्रयोग गर्ने ग्राहकलाई मोबाइल बैंकिङमा सार्न लागेको जानकारी दिएको हो ।

“ग्लोबल आइएमई बैंकको इन्टरनेट बैंकिङ (ग्लोबल अनलाइन) सेवा यही आउँदो ३१ भदौ २०८० बाट स्थानान्तरण/माइग्रेसन गरिने छ,” सूचनामा लेखिएको छ, “बैंकको इन्टरनेट बैंकिङ सेवा हाल प्रयोग गरिरहेका व्यक्तिगत ग्राहकले अब ग्लोबल स्मार्ट प्लस मार्फत सेवा उपभोग गर्न सक्नुहुनेछ ।”

बैंकका अनुसार यो सेवा प्रयोग गरिरहेका संस्थागत ग्राहकले अब कर्पोरेट इन्टरनेट बैंकिङ मार्फत सेवा प्रयोग गर्न सक्नेछन् ।

बैंकको इन्टरनेट बैंकिङ सेवाका सक्रिय उपभोक्ताले ‘ग्लोबल स्मार्ट प्लस’ अथवा कर्पोरेट इन्टरनेट बैंकिङ सुविधा नलिएको अवस्थामा व्यक्तिगत ग्राहकलाई ग्लोबल स्मार्ट प्लस र संस्थागत ग्राहकलाई कर्पोरेट इन्टरनेट बैंकिङमा स्थानान्तरण/माइग्रोसन गरिने बैंकले उल्लेख गरेको छ ।

स्थानान्तरण भएका ग्राहकले ग्लोबल स्मार्ट प्लस अथवा कर्पोरेट इन्टरनेट बैंकिङमा आफ्नो पुरानै युजरनेम प्रयोग गरी सेवा सुचारु गर्नुपर्नेछ ।

gold
prabhu bank
nawakantipur long