citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

हुन्डाईको ‘ह्वील्स अफ चेन्ज’ एक्सचेन्ज अफर योजना सुरु, ५ लाखसम्मको छुट प्राप्त गर्न सकिने

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

हुन्डाईको ‘ह्वील्स अफ चेन्ज’ एक्सचेन्ज अफर योजना सुरु, ५ लाखसम्मको छुट प्राप्त गर्न सकिने
काठमाडौं । नेपालमा हुन्डाई गाडीहरुको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले ‘ह्वील्स अफ चेन्ज’ नामक एक्सचेन्ज अफर योजना ल्याएको छ ।

यो योजना साउन १८ गतेबाट सुरु भएको हो । हुन्डाई नेपाल अन्तर्गतको हुन्डाई प्रमिसको सहकार्यमा ५ प्रतिष्ठित कार एक्सचेन्ज बिक्रेताहरुसँगको साझेदारीमा योजना ल्याइएको हो ।
आफ्नो कुनैपनि ब्रान्डको गाडी ल्याएर हुन्डाईको इन्धनयुक्त वा विद्युतिय उत्पादनसँग एक्सचेन्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

आफ्ना ग्राहकहरुको आवश्यकता र सन्तुष्टिलाई ध्यानमा राखी ‘ह्वील्स अफ चेन्ज’ योजना ल्याइएको कम्पनीको भनाई छ ।यस अन्तर्गत काठमाडौं अटोमोबाइल सेन्टर, बाबा बसेरा अटो ग्रुप प्रा.लि. आर के अटो सेन्टर, श्रेया अटो इन्टरप्राइजेज् र रेसिङ अटोमोबाइल इन्टरप्राइजेज् गरी ५ प्रतिष्ठित एक्सचेन्ज पार्टनर्सहरुसँग सहकार्य गरिएको छ ।

यो योजना नेपाल भरीनै लागू हुने भएकोले उपत्यका बाहिर सहभागी हुन ग्राहकले आफ्नो नजिकैको हुन्डाईको शोरुममा जान सक्नेछन् ।

यस योजनाले ग्राहकहरुलाई हुन्डाईको विभिन्न उपलब्ध मोडलहरुमा ५ लाखसम्मको नगद छुट, १ लाख ५० हजारसम्मको एक्सचेन्ज बोनस र २५ हजार रुपैयाँसम्मको एसेसरिज पनि प्राप्त गर्न सक्नेछन् । एक्सचेन्ज पार्टनर र हुन्डाई शोरुममा गएर गाडीको टेष्ट ड्राइभ गरी आकर्षक उपहारहरु पनि जित्न सकिने कम्पनीको जनाएको छ ।

छिटो छरितो माध्यमद्वारा यो एक्सचेन्ज योजना सफल बनाउने हुन्डाई प्रतिबद्ध छ । योजनामा सहभागी भई उत्कृष्ट प्रविधिद्वारा निर्मित र विभिन्न अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भइसकेका हुन्डाईका कम्प्याक्ट एसयुभी, एसयुभी, इभी तथा ह्याचब्याग मध्येबाट आफ्नो रोजाई र आवश्यकता अनुसार ग्राहकले छनौट गर्न सक्नेछन् ।

सबै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ्ग उपलब्ध छ ।लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाल भरी १७ शोरुम, १९ सर्भिस सेन्टर र ४३ चार्जिङ पोइन्टसहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

यसले ग्राहकहरुको आवश्यकता र रुचिलाई ध्यानमा राखेर हरेक वर्ष यस्ता ग्राहकमुखी अफर ल्याइरहेको छ ।

himalayan life insurance
igi long