बेनेली बाइकको नयाँ बजेट नयाँ मूल्य
काठमाडौं । केटीएम इन्टरनेसनल ट्रेडिङले आगामी आर्थिक वर्षको नयाँ बजेट पश्चात् बेनेलीका विभिन्न मोडलका बाइकको मूल्यमा छुट दिएको छ ।
कम्पनीले असार ८ गतेदेखि लागू हुने गरी बेनेलीका विभिन्न मोडलका बाइकको मूल्यमा छुट दिएको हो । जसअनुसार बेनेलीका विभिन्न मोडलका बाइकमा ६० हजारसम्म छुट पाइने कम्पनीले जनाएको छ ।

केटीएम इन्टरनेसनल ट्रेडिङले विगत ८ वर्षदेखि नेपालभर इटालीमा निर्मित बेनेली मोटरसाइकल बिक्री गर्दै आएको छ । चालकहरुको रोजाइ र बजारको मागलाई ध्यानमा राखी नेपालमा केटिएम इन्टरनेसनल ट्रेडिङ्गले सन् २०१५ देखि आयात गरेर उक्त बाइक बिक्री वितरण गर्दै आएको हो । अहिले बजारमा केटीएमले बेनेलीको १२५ सीसीदेखि ७५२ सीसीसम्मको मोटरसाइकल बिक्री बितरण गर्दै आएको छ ।


























