prabhu bank
national life
sunrise bank
citizens bank
stcnepal long ad

काठमाडौंमा सीजी मोटर्स नेटा भी एक्सचेञ्ज क्याम्प सुरू

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

काठमाडौं । सीजी मोटर्सले बुधबारदेखि नेटा भी एक्सचेञ्ज क्याम्प प्रारम्भ गरेको छ । काठमाडौंको विशालनगर शोरुम र अन्य स्थानहरुमा एक्सचेञ्ज क्याम्प सुरु गरेको हो ।

बुधबारदेखि १० चैतसम्म चल्ने सो क्याम्पेन अन्तर्गत कुनै पनि ब्रान्डको पेट्रोलियम वा अन्य गाडीसँग नेटा भी इलेक्ट्रिक कार साट्न सकिने छ ।

सीजी मोटर्सले पुरानो गाडीको उपयुक्त भ्यालुएसन प्रदान गरिने त्यसैगरी सो अवसरमा शोरुम भ्रमण गर्ने र गाडी टेस्ट ड्राइभ गर्नेहरुलाई रिफ्रेसमेन्ट सहित आकर्षक उपहार समेत उपलब्ध गराइने छ । ‘स्विच टु ईभी’ ट्यागलाइनका साथ ल्याइएको सो अफरबाट इलेक्ट्रिक कार चढ्न चाहने ग्राहकहरु लाभान्वित हुन सक्ने छन् ।

कम्पनीका अनुसार नेटा भी कारमा सबैभन्दा ठूलो ब्याट्री उत्पादक कम्पनी सीएटीएलले उत्पादन गरेको ३८.५ किलोवाट आवर ब्याट्री प्रयोग गरिएको छ । नेटामा प्रयोग भएका ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टी दिइएको छ ।

कम्पनीका अनुसार यसको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ । त्यस्तै सीजी मोटर्सका हरेक खरिदकर्तालाई ६.६ किलोवाटको चार्जर र एक वर्षको बीमाको सुविधा निःशुल्क उपलब्ध छ ।

८ चैत २०७९, बुधवार १८:०५ बजे प्रकाशित

NTA long ad
stcnepal long ad