stcnepal long ad
global ime bank long

प्रभु बैंकले बिवाईडीको विद्युतीय गाडी किन्न सस्तोमा कर्जा दिने, सम्झौतामा हस्ताक्षर

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । बिवाईडी अटो इन्डष्ट्रिज कम्पनीको नेपालका लागि आधिकारीक विक्रेता साईमेक्स इंकले विद्युतीय सवारीका सहज फाइनान्सको लागि प्रभु बैंकसँग वित्तिय सम्झौता गरेको छ ।

यो सम्झौतासँगै बैंकले ग्राहकहरूलाई बिवाईडी ब्रान्डको विद्युतीय सवारी साधन खरिद गर्न सजिलो कर्जा प्रदान गर्नेछ ।

साइमेक्स इंक प्रा। लि। का प्रमुख बित्त अधिकारी मेमन धौगाडाले प्रभु बैंकसँगको यस साझेदारीले विद्युतीय सवारीलाई नेपालमा उपभोक्ताहरु माझ थप पहुँच योग्य बनाउन मद्दत गर्ने बताए ।

यस्तै, प्रभु बैंकका उपभोक्ता बैंकिङ्ग प्रमुख वीरेन्द्र भट्टले यस सहकार्यपश्चात् प्रभु बैंकका ग्राहकहरूले अब नेपालका कुनै पनि बिवाईडी डिलरबाट सवारी साधन खरिद गर्दा प्रभु बैंकबाट सजिलै ८० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्ने बताए ।

उक्त कर्जा ५ वर्ष अवधीसम्म लिन मिल्ने प्रावधान बैंकले गरेको जनाएको छ । ग्राहकहरुले इलेक्ट्रिक एसयुभी बिवाईडी अट्टो १२ लाख ९८ हजार र बिवाईडी अल न्यु इसिक्स मात्र ११ लाख ८० हजार डाउन पेमेन्टमा खरिद गर्न सक्नेछन ।

IME Lifesidebar
kumari