Everest Bank
nabil bank
national life
stcnepal long ad

एभरेष्ट बैंकले प्युजो र सिट्रोनको सवारी खरिदमा सहजै कर्जा दिने

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

काठमाडौं । प्युजो र सिट्रोनको आधिकारीक विक्रेता सांग्रीला मोटोर्स प्राइभेट लिमिटेडले विक्री गर्दै आएको गाडीहरु खरिदमा एभरेष्ट बैंकले कर्जा दिने भएको छ ।

बैंक र सांग्रीला मोटोर्स बीच आज व्यवसायी सम्झौता भएको छ । सम्झौता अनुसार अब प्युजो र सिट्रोनका गाडीहरुमा खरिद गर्ने ग्राहकहरुले एभरेष्ट बैंकबाट सहजै कर्जा लिन सक्नेछन् ।

दुई संस्था बीच भएको सम्झौता पत्रमा बैंकको तर्फबाट उपमहाप्रबन्धक गौरव कुमार र सांग्रिला मोटोर्स प्रा.लि.को तर्फबाट सहायक महाप्रबन्धक किरण श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि प्युजो र सिट्रोनले उत्पादन गरेका गाडीहरुमा खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारी साधन कर्जा उपलब्ध गराउने छ ।

सम्झौता अनुसार योजना सबै एभरेष्ट बैंकका सबै शाखाहरूबाट ग्राहकहरूलाई गाडीको लागि सुलभ ऋण सुविधाहरू सजिलो उपलब्ध हुने बैंकले जनाएको छ।

कम्पनीका अनुसार यस योजना सांग्रीला मोटोर्स प्राइभेट लिमिटेडको आधिकारिक ब्रिक्रेता र एभरेष्ट बैंकका सबै शाखाहरुबाट नेपाल भरी लागु हुने जनाएको छ।

३ चैत २०७९, शुक्रवार १९:३८ बजे प्रकाशित

stcnepal long ad