stcnepal long ad
global ime bank long

नेपालले विद्युत व्यापार गर्ने बेला भएको छैन : अध्यक्ष ओली

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकले विद्युत व्यापार गर्ने बेला नभएको बताउनुभएको छ ।

भारतप्रति संकेत गर्दै अध्यक्ष ओलीले ६ रुपैँया प्रतियुनिटमा विद्युत बिक्री गरेर त्यसको दोब्बर मूल्यमा विद्युत खरिद गर्न नहुने स्पष्ट पार्नुभयो ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले भारतले आफ्नो बार्गेनिङ क्षमता माथि पार्न विद्युत आवश्यक नभएको गलत प्रचार गर्ने गरेको र नेपाल त्यसको भ्रममा पर्न नहुने बताउनुभयो ।

मुलुकभित्रै विद्युत खपत गरेर, उत्पादनमूलक उद्योगको स्थापना गरेपछि मात्रै यसको बिक्रीको सन्दर्भ उपयुक्त हुने भन्दै उहाँले भारतले अढाई रुपैयाँमा प्रतियुनिट आफ्नो जनतालाई विद्युत दिने गरेको तर  नेपाललाई भने  प्रतियुनिट १२ रुपैयाँमा बेच्ने काम गरेर अन्याय गरेको टिप्पणी गर्नुभयो ।

अध्यक्ष ओलीले मुलुकमा देशद्रोही अभियान चलाईरहँदा पनि सरकार कानमा तेल हालेर बसेको भन्दै आपत्ति जनाउनुभयो ।

व्यवसायी दुर्गा प्रसाईका देशद्रोही गतिविधिलाई सरकारले तत्काल नियन्त्रणमा नलिए जनताले त्यसको प्रतिकार गर्ने ओलीको चेतावनी थियो ।

उहाँले साग र साईकल सस्तोमा पाईन्छ भनेर देश नै अर्को देशमा मिसाई दिने अभिव्यक्ति दिनेलाई सरकारले किन नसुनेको भनि प्रश्न गर्नुभयो ।

अध्यक्ष ओलीले राष्ट्र र राष्ट्रियताको विरुद्ध वकालत गर्नेहरुलाई नेपाली जनताले नछाडने र त्यसमा आफ्नो पार्टीको साथ रहने आश्वासन दिनुभयो ।

IME Lifesidebar
kumari