citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

राष्ट्रपतिद्वारा आज सांसदहरूको सम्मानमा चियापान समारोहको आयोजना

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद र सातै प्रदेशसभा सदस्यको सम्मानमा आज राष्ट्रपति भवन शीतलनिवासमा चियापान समारोहको आयोजना गर्नुभएको छ ।

समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित उपप्रधानमन्त्री, मन्त्री, सांसदहरू, सातै प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा प्रदेश सभा सदस्यलाई आमन्त्रण गरिएको जानकारी राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता लीलानाथ पौडेलले दिनुभयो ।

फागुन २९ बाट राष्ट्रपति पदको पदभार सम्हाल्नु भएका राष्ट्रपति पौडेलले उपराष्ट्रपतिको निर्वाचनमा सबै सांसद काठमाडौं आइपुग्नु भएको सन्दर्भ पारेर चियापान कार्यक्रमको आयोजना गर्न लाग्नुभएको हो ।

himalayan life insurance
igi long