stcnepal long ad
global ime bank long

सात महिनामा ७ अर्ब रुपैयाँ भन्दा धेरैका मोटरसाइकल र स्कुटर आयात

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं। सरकारले आयातमा कडाइ तथा प्रतिबन्ध लगाएपनि सात अर्ब रुपैयाँ भन्दा धेरैका दुई पांग्रे सवारी साधन आयात भएका छन् ।

सरकारले गएको वर्षको पुसमा लगाएको आयात प्रतिबन्ध तथा कडाईलाई यसै वर्षको पुससम्म लम्बाएको थियो ।

तर भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ७ महिनामा ७ अर्ब ३३ करोड ६० लाख रुपैयाँको ७१ हजार २ सय २५ वटा दुई पाङ्ग्रे सवारी साधन आयात भएका छन् ।

प्रतिबन्धका कारण दुई पाङ्ग्रे सवारी साधनको आयात भने ६२।४९ प्रतिशतले घटेको छ । विभागको तथ्यांकअनुसार गत वर्षको ७ महिनामा १९ अर्ब ११ करोड ६९ लाख रुपैयाँको १ लाख ८९ हजार ९२७ वटा दुई पाङ्ग्रे सवारी साधन आयात भएको छ ।

सरकारले गत वर्ष आयातित सवारी साधनबाट १८ अर्ब ७७ करोड ४ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो

गएको वैशाखमा सरकारले राजपत्रमा सूचना प्रकाशन गरी १० वटा वस्तुको आयातमा प्रतिबन्ध नै लगाएको थियो । पेट्रोलियम पदार्थबाट चल्ने दुई पाङ्ग्रे सवारी साधनको आयातमा पनि प्रतिबन्ध लगाइएको थियो ।

IME Lifesidebar
kumari