citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सात महिनामा ७ अर्ब रुपैयाँ भन्दा धेरैका मोटरसाइकल र स्कुटर आयात

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं। सरकारले आयातमा कडाइ तथा प्रतिबन्ध लगाएपनि सात अर्ब रुपैयाँ भन्दा धेरैका दुई पांग्रे सवारी साधन आयात भएका छन् ।

सरकारले गएको वर्षको पुसमा लगाएको आयात प्रतिबन्ध तथा कडाईलाई यसै वर्षको पुससम्म लम्बाएको थियो ।

तर भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ७ महिनामा ७ अर्ब ३३ करोड ६० लाख रुपैयाँको ७१ हजार २ सय २५ वटा दुई पाङ्ग्रे सवारी साधन आयात भएका छन् ।

प्रतिबन्धका कारण दुई पाङ्ग्रे सवारी साधनको आयात भने ६२।४९ प्रतिशतले घटेको छ । विभागको तथ्यांकअनुसार गत वर्षको ७ महिनामा १९ अर्ब ११ करोड ६९ लाख रुपैयाँको १ लाख ८९ हजार ९२७ वटा दुई पाङ्ग्रे सवारी साधन आयात भएको छ ।

सरकारले गत वर्ष आयातित सवारी साधनबाट १८ अर्ब ७७ करोड ४ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो

गएको वैशाखमा सरकारले राजपत्रमा सूचना प्रकाशन गरी १० वटा वस्तुको आयातमा प्रतिबन्ध नै लगाएको थियो । पेट्रोलियम पदार्थबाट चल्ने दुई पाङ्ग्रे सवारी साधनको आयातमा पनि प्रतिबन्ध लगाइएको थियो ।

himalayan life insurance
igi long