stcnepal long ad
global ime bank long

एनएमबि बैंकका ग्राहकले माई च्वाइस रातो भाले रिसोर्टमा विशेष छुट पाउने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एनएमबि बैंक लिमिटेड र नवलपरासीको सुनवल स्थित माई च्वाइस रातो भाले रिसोर्टबीच ग्राहकलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

सम्झौता अनुसार एनएमबि बैंकका कर्मचारी एवं ग्राहकले माई च्वाइस रातो भाले रिसोर्टबाट प्रदान गरिएको सम्पूर्ण फुड आइटममा रिसोर्टको मेनुमा राखिएको मुल्यमा १५ प्रतिशत छुट पाउनेछन् ।

सम्झौतामा एनएमबि बैंक लुम्बिनी प्रदेश प्रमुख नबिन बिष्ट र माई च्वाइस रातो भाले रिसोर्टका संचालक बलराम पान्डेले हस्ताक्षर गरेका छन् ।

एनएमबि बैंक सुनवल शाखा प्रबन्धक अर्जुन ज्ञवाली र माई च्वाइस रातो भाले रिसोर्टका संचालक प्रकाश भट्टराईले सो हस्ताक्षर सम्झौता आदान प्रदान गरेका थिए ।

बैंकका अनुसार यो सम्झौता एकबर्षको लागि हुनेछ र दुई पक्षको सहमतिले आवश्यकता अनुसार थप समय बढाउन सकिनेछ। सम्झौताले बैंकका सम्पूर्ण स्टाफ एवं बैंकमा खाता खोलेका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने बैंकका सुनवल शाखा प्रबन्धक अर्जुन ज्ञवालीले बताए ।

ज्ञवालीका अनुसार छुट पाउनको लागि एनएमबि बैंक लिमिटेडको खाताबाट भुक्तान गर्नुपर्ने हुन्छ । भुक्तानीको लागि एनएमबि बैंक लिमिटेडको फोन पे, एटीएम, क्रेडिट कार्ड, ईन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग, आइपिस, क्यु आर कोड प्रयोग गर्नुपर्ने उनले जानकारी दिए ।

माई च्वाइस रातो भाले रिसोर्ट करिब २ करोड लगानीमा बनेको हो । नवलपरासी जिल्लाको सुनवल तुरिया पुल नजिकै होटेल अवस्थित छ ।

रिसोर्ट संचालक बलराम पाण्डेका अनुसार रिसोर्टमा करिव १५० भन्दा बढी सफा, ताजा र स्वादिष्ट आइट्महरु पाइन्छन ।

सुबिधा सप्पन्न आधुनिक बातानुकुल डिलक्स कोठाहरु तथा एउटा ५० जना अटाउने कन्फ्रेन्स हल र अर्को २०० जना अटाउने उत्कृष्ट बैन्कुट हल रहेका छन् । जसमा विवाह, बर्तबन्ध, सेमिनार लगायतका कार्यक्रमहरु गर्न सकिनेछ।

IME Lifesidebar
kumari