citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेपालका विविध स्थानहरुमा महिन्द्राको २ एस सर्भिस सेन्टर संचालन गरिदैँ

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । महिन्द्रा फोरव्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नी समूहको सहायक कम्पनी बालाजु अटो वर्कश प्रालिले हालसालैे तीन नयाँ २ एस सव–डिलरहरु आफ्नो आधिकारिक ३ एस डिलर लोक शुसिला अटो कन्शर्नको मातहतमा संचालनमा ल्याएको छ ।

ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै आफ्ना सेवा विस्तार गर्ने उद्देश्यका साथ बालाजु अटो वर्कशले दर्शन मल्टी अटो भिलेज एन्ड वर्कशप, कपिलवस्तु; मैनाबगर अटोल्यान्ड, मैनाबगर र रामपुर अटो भिलेज र लक्ष्मी मोटो केयर, पाल्पा संचालनमा ल्याउँदै छ ।

माननीय मुख्यमन्त्री कुलप्रसाद के. सी. तथा अग्नी ग्रुपका एक्जुकेटिभ डाइरेक्टर अर्जुनप्रसाद शर्माबाट मंसिर २, २०७८ मा मैनाबगर अटोल्यान्डको समुद्घाटन सुसम्पन्न गरियो ।

त्यस्तै, दर्शन मल्टी अटो भिलेज एन्ड वर्कशपको पनि सोही दिन बालाजु अटो वर्कशका स्पेयर हेड तथा स्टाफका साथ सामूहिक उद्घाटन गरियो । “हाम्रो नेटवर्क विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै यी सव–डिलरहरु संचालनमा ल्याएका छौँ र आगामी दिनहरुमा अझ विस्तारित सेवा प्रदान गर्ने प्रतिबद्धता जनाउँदछौँ ।“

महिन्द्राका लागि प्रदेश ५, ६ र ७ का प्रोभिन्स म्यानेजर बिजेस गयामरुले बताउनुभयो । यसका साथै रामपुर अटो भिलेज र लक्ष्मी मोटो केयरको उद्घाटन पनि केही दिनमै हुने जानकारी दिइएको छ ।

 

 

 

himalayan life insurance
igi long