stcnepal long ad
global ime bank long

सुजुकीले ल्यायो ‘नयाँ वर्ष बिग हर्ष’ अफर, सीमित अवधिको लागि मात्र लागू हुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटरको लागि नेपालको आधिकारिक आयातकर्ता तथा बिक्रेता भीजी अटोमोबाइल्सले ‘नयाँ वर्ष बिग हर्ष’ योजना ल्याएको छ । कम्पनीले नयाँ वर्षको उपलक्ष्यमा आफ्नो उत्कृष्ट बाइक तथा स्कूटरको खरिदमा उक्त योजना ल्याएको हो ।

चैत १० गतेदेखि लागु गरिएको यस योजना अन्तर्गत प्रत्येक सुजुकी बाइक तथा स्कूटरको खरिदमा १० हजार रुपैयाँ ग्यारेन्टीका साथ क्यासब्याक पाइनुका साथै एक्स्चेञ्ज र फाइनान्सको पनि सुविधा रहेको छ । जस अन्तर्गत ग्राहकले तुरुन्तै एक्स्चेञ्ज र फाइनान्स गर्न सक्नेछन् ।

नयाँ वर्ष २०७८ लाई मध्यनजर गरिएको यो योजना सीमित अवधिको लागि लागू गरिएको कम्पनीले जानकारी गराएको छ । नयाँ डिजाइन र मोडेलका साथै धेरै फिचरहरु भएको सुजुकीको बाइक तथा स्कूटरले नयाँ वर्षमा ग्राहकको मन जित्ने कम्पनीको विश्वास छ ।

IME Lifesidebar
kumari