stcnepal long ad
global ime bank long

५० प्रतिशत रकम बुझाएर विना ब्याज बजाजका बाइक किन्न सकिने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । बजाजका बाइक किन्न चाहनेहरुका लागि नेपाली बजारमा नयाँ स्किम लागू भएको छ । नेपालका लागि बजाज बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले हालै नयाँ स्किम सार्वजनिक गरेको हो ।

यस अन्तर्गत ग्राहकले शून्य प्रतिशत ब्याजदरमा बाइक किन्न सक्ने छन् । यसका लागि शुरुमा ५० प्रतिशत डाउन पेमेन्ट बुझाउनु पर्नेछ । त्यसपछि बाँकी रकम १८ महिनामा किस्ताको रुपमा बुझाउन सकिने छ ।

बजाजका सबै मोडलका बाइक यसरी किन्न सकिने र नेपालभर रहेका सबै बजाज सोरुमबाट यी बाइक किन्न सकिने छ । कम्पनीले अहिले नेपाली बजारमा प्लाटिना, डिस्कभर, पल्सर, एभेन्जर र डोमिनार सिरिजका गरी विभिन्न १४ भेरिएन्टमा बाइक बिक्री गर्दै आएको छ । बजाजका सबै मोटरसाइकल नेपालमा एसेम्वल भइरहेका छन् ।

IME Lifesidebar
kumari