sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

निसानले आफ्नो लोकप्रिय ह्याचब्याक कार माइक्राको ईभी भर्सन सार्बजनिक

Nimb long ad
Prabhu Insurance Long Ad

निसानले आफ्नो लोकप्रिय ह्याचब्याक कार माइक्राको ईभी भर्सन सार्बजनिक गरेको छ । कम्पनीले छैटौं पुस्ताको माइक्रालाई ईभी भर्सनमा ल्याएको हो । सो ईभीको बिक्री यसै वर्षको अन्त्यतिर युरोपबाट सुरु गर्ने कम्पनीको तयारी छ ।

लन्डनस्थित निसानको डिजाइन युरोप (एनडिई) स्टुडियोमा डिजाइन गरिएको सो कार निकै आकर्षक लुक्समा आएको हो । यसको लम्बाइ ४ हजार एमएम भन्दा कम र चौडाइ १ हजार ८०० एमएम भन्दा कम तथा ह्विलवेश २ हजार ५४० एमएम छ ।

इन्टेरियरको कुरा गर्नुपर्दा, माइक्रा ईभीमा इन्स्ट्रयुमेन्ट क्लस्टर र इन्फोटेनमेन्टको लागि १०.१ इन्चको ट्विन स्क्रिन र थ्री स्पोक स्टेरिङ ह्विल लगायत फिचर पाउन सकिन्छ । कारमा ३२६ लिटर लिटर क्षमताको बुट स्पेस दिइएको छ ।

सो नयाँ कार ४० किलोवाट आवरको ब्याट्री प्याक र ५२ किलोवाट आवर ब्याट्रि प्याकमा उपलब्ध हुनेछ । जसले क्रमशः ३०८ र ४०८ किलोमिटर रेन्ज दिने दावी गएिको छ । यस कारको अधिकतम पावर १४७ विएचपी तथा टर्क २४५ एनएमसम्म छ ।

४० किलोवाट आवर मोडलले ८० किलोवाटसम्म डीसी फास्ट चार्जर सपोर्ट गर्दछ भने ५२ किलोवाट आवरले १०० किलोवाटसम्म डीसी फास्ट चार्जर सपोर्ट गर्दछ । ३० मिनेटमा १५ देखी ८० प्रतिशतसम्म चार्ज लिन सक्ने यस कारमा भेइकल–टु–लोड फिचर समेत दिइएको छ ।

prabhu bank
nawakantipur long