citizens life insurance long ad
stcnepal long ad

ठूलो ब्याट्री प्याक जडित एमजी विन्डसर  लन्च हुने

Nimb long ad
Prabhu Insurance Long Ad

भारतिय बजारमा निकै राम्रो चर्चा पाइरहेको एमजीको विद्युतिय कार विन्डसर अपडेट भएर आउने भएको छ । ३ दिनपछि अर्थात मे ६ मा लन्च हुने तय भएको विन्डसरमा एमजीले ठूलो ब्याट्री प्याक दिएर अपडेट गर्न लागेको हो ।

विन्डसर प्रो नामले आउने सो ईभीमा ५०.६ किलोवाट आवर क्षमताको ब्याट्री प्याक उपलब्ध हुने अनुमान गरिएको छ । ब्याट्री साइज बढेपछि यसले दिने रेन्जमा समेत सुधार आउनेछ ।

एमजीले अहिले ३८ किलोवाट आवरको ब्याट्री प्याकमा विन्डसर ईभी उपलब्ध गराउँदै आएको र यसको रेन्ज ३३० किलोमिटर दाबी गरिएको छ । नयाँ भर्सनले ४६० किलोमिटरसम्म रेन्ज दिने अनुमान गरिएको छ ।

ब्याट्री बाहेक यसको सेफ्टि फिचरमा समेत ब्यापक अपडेट गर्ने जेएसडब्लु एमजीले तयारी गरेको छ । नयाँ संस्करण्मा एडिएएस लगायत अन्य आधुनिक सेफ्टि फिचर उपलब्ध हुने अनुमान गरिएको छ भने इन्टेरियरमा समेत अपडेट हुनेछ ।

एमजी विन्डसर नेपाली बजारमा समेत प्रतिक्षा गरिएको ईभी हो । एमजीको नेपालका लागि आधिकारिक वितरक पारमाउन्ट मोटर्सले यस नयाँ ईभीलाई अवको केहिसमयपछि लन्च गर्ने तयारी गरेको छ ।

IME Life
kumari