stcnepal long ad
global ime bank long

बीवाईडी सिलायन ७ ले पायो युरो एनक्यापको क्र्यास टेष्टमा ५ स्टार रेटिङ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

बीवाईडी आजकल विश्वभर चर्चामा छ। हालसालै बीवाईडी कारलाई पानीमा गुडिरहेको देखिएको भिडियो इन्टरनेटमा भाइरल भएको थियो। अब कम्पनीको अर्को कार, बीवाईडी सिलायन ७ ले नयाँ उपलब्धि हासिल गरेको छ। हालै युरो एनक्यापद्वारा गरिएको क्र्यास टेस्टमा सिलायन ७ ले फाइभ स्टार मूल्याङ्कन प्राप्त गरेको छ।

युरोपको युरो एनक्याप परीक्षणलाई विश्वकै सबैभन्दा कठिन क्र्यास टेष्टमध्ये एक मानिन्छ। बीवाईडी सिलायन ७ ले वयस्क सुरक्षा, बाल सुरक्षा, सडक सुरक्षा र सुरक्षा सहयोगजस्ता चार प्रमुख क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्‍यो।

युरो एनक्यापका अनुसार, कारले दुर्घटनाहरूमा राम्रो ह्विपल्याश सुरक्षा प्रदान गर्‍यो र साइड ब्यारियर तथा साइड पोल प्रभाव परीक्षणमा समेत प्रभावकारी सुरक्षा देखायो। वयस्क सुरक्षामा यसले ८७ प्रतिशत स्कोर हासिल गर्‍यो।

लक्जरी ईभीका रूपमा, बीवाईडी सिलायन ७ मा ८२.५६ किलोवाट ब्याट्री प्याक जडान गरिएको छ। इन्ट्री(लेभल प्रिमियम भेरिएन्टले एक पटक चार्ज गर्दा ५६७ किलोमिटरको दाबी गरिएको रेन्ज प्रदान गर्छ। पर्फर्मेन्स संस्करणले भने ५४२ किलोमिटरको रेन्ज दिन्छ तर यसको पावर ५२० बीएचपीभन्दा बढी र टर्क ६९० एनएम रहेको छ, जसले बढी प्रदर्शन सुनिश्चित गर्छ।

सुविधाको लागि दुबै भेरिएन्टमा १५.६ इन्चको इन्फोटेनमेन्ट सिस्टम, डिजिटल इन्स्ट्रयुमेन्ट प्यानल, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट, १२ वटा स्पिकर, प्यानोरामिक ग्लास रूफ, वायरलेस चार्जर, लेभल २ एडीएएस सुइट, ३६०–डिग्री क्यामेरा र चालक थकान निगरानी सिस्टम उपलब्ध छ।

सुरक्षाका हिसाबले, दुबै भेरिएन्टमा ११ वटा एयरब्याग प्रदान गरिएको छ। बीवाईडी सिलायन ७ ले हुन्डाई आयोनिक ५, भल्भो ईएक्स४० र बीएमडब्ल्यु आईएक्स१ एलडब्ल्युसँग प्रतिस्पर्धा गर्छ ।

IME Lifesidebar
kumari