stcnepal long ad
global ime bank long

गभर्नर छनोट सिफारिस समिति सदस्यबाट विजयनाथ भट्टराईले दिए राजीनामा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका लागि गभर्नर छनोट सिफारिस समितिका सदस्य तथा पूर्व गभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएका छन्।

सिफारिस समिति गठन भएको एक महिनासम्म बैठकसम्म नबस्ने समितिमा बस्नुको कुनै अर्थ नभएकाले राजीनामा दिएको भट्टराईले बताएका हुन्।

मन्त्रिपरिषद्ले गत चैत ११ गते उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो।

समितिमा पूर्व गभर्नरका रूपमा भट्टराई र विज्ञ सदस्यका रूपमा विश्व पौडेल सदस्य रहेका थिए। समितिको भूमिकालाई नजरअन्दाज गरिएकाले आफू समितिमा नबस्ने निर्णय गरेको भट्टराईले बताए।

‘समिति गठन भएपछि फटाफट काम भएको भए एउटा कुरा, महिना दिन बित्यो। यसबीचमा मिडियामा अनेक कुरा आएका छन्। सिफारिस समितिमाथि नै प्रश्न उठेका छन्,’ भट्टराईले भने, ‘त्यस्तो समितिमा बस्दा भएको इज्जत पनि नरहने भयो।’

IME Lifesidebar
kumari