केटीएम ३९० इन्डुरो आर सार्वजनिक, यस्तो छ मूल्य र विशेषता

केटीएमले भारतमा नयाँ एड्भेन्चर मोटरसाइकल ३९० इन्डुरो आर सार्वजनिक गरेको छ । ३ लाख ३६ हजार भारु मूल्य तोकिएको यस मोटरसाइकल टु–पीस स्टिल ट्रेलिस फ्रेममा आधारित छ ।
२५ एमएम ह्यान्डलबार राइजर र सब–फ्रेम माउन्ट दिइएको यस मोटरसाइकल विशेष गरी अफ–रोड प्रयोगको लागि इन्जिनियर गरिएको हो ।
३९० इन्डुरो आरमा थर्ड जेनेरेशन केटीएम ३९० मा प्रयोग भएको उही ३९९ सीसी, सिंगल–सिलिन्डर इन्जिन जडान गरिएको छ ।
उक्त इन्जिनमा सानो सिलिन्डर हेड, नयाँ इन्धन इन्जेक्टरहरू, पुनः डिजाइन गरिएको एयरबक्स र नयाँ एक्जस्टका साथ ठूलो भल्व कभर रहेको छ । साथै यसको गियरवक्समा समेत सुधार गरिएको छ ।
सो नयाँ मोटरसाइकलमा स्लिपर क्लच, क्विक शिफ्टर प्लस सिस्टम, एबीएस, युएसबी–सी चार्जिङ पोर्ट, ब्लुटुथ कनेक्टिभिटी र टर्न–बाई–टर्न नेभिगेसन जस्ता सुविधाहरू सहितको नयाँ ४।२–इन्च डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल दिइएको छ ।
केटीएमको सो नयाँ मोटरसाइकल अवको केही समयपछि नेपाली बजारमा समेत उपलब्ध हुनेछ । केटीएमलाई नेपालमा हंसराज हुलासचन्द एन्ड कम्पनी प्रा.लि.ले बिक्री गर्दै आएको छ । नेपाल आउँदा यसको मूल्य १० लाख हाराहारी पर्ने अनुमान गर्न सकिन्छ ।