stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

आर्थिक वर्ष २०२४–२५ मा सबैभन्दा धेरै बिक्री हुने कार सूची सार्वजनिक, वागनआरको प्रभुत्व कायमै

Nimb long ad
Prabhu Insurance Long Ad

मारुती सुजुकीले फेरि एक पटक कार बिक्रीको सूचीमा आफ्नो प्रभुत्व जमाउन सफल भएको छ । अप्रिल २०२४ देखि मार्च २०२५ सम्म मारुती सुजुकी वागनआर भारतमा सबैभन्दा धेरै बिक्री हुने कार बनेको छ, जसको बिक्री संख्या १ लाख ९८ हजार युनिटभन्दा बढी थियो।

वागनआरले टाटा पन्च, हुन्डाई क्रेटा, मारुती अर्टिगा र ब्रेजा जस्ता लोकप्रिय एसयूभी तथा एमपीभीलाई पछि पार्दै शीर्ष स्थान हासिल गरेको हो ।

गत आर्थिक वर्षमा ग्राहकहरूको मनमा विशेष छाप छोड्न सफल शीर्ष १० कारहरूको सूची तयार पारिएको छ, जसमा वागनआरले अग्रस्थान ओगटेको छ।

मारुती सुजुकी वागनआर :

मारुती सुजुकी वागनआर विगत ४ वर्षदेखि भारतको नम्बर १ कारको रूपमा कायम रहँदै आएको छ। यो वर्ष पनि वागनआरले टाटा पन्चलाई पछि पार्दै शीर्ष स्थानमा पुगेको छ। कम्पनीले सो कार १ लाख ९८ हजार ४५१ युनिट बिक्री गरेको थियो ।

वागनआरको उत्कृष्ट माइलेज, किफायती मूल्य र कम मर्मतसम्भारका कारण यो मध्यम वर्गीय परिवारको पहिलो रोजाइ बनेको छ।

टाटा पन्च :

टाटा मोटर्सको टाटा पन्च १ लाख ९६ हजार ५७२ युनिट बिक्रीसहित दोस्रो सर्वाधिक बिक्री हुने कार बन्न सफल भयो। यसको दमदार सुरक्षा विशेषता र एसयूभी लुक्सले बजारमा निकै लोकप्रियता कमायो ।

हुन्डाई क्रेटा :

नयाँ पुस्ताको हुन्डाई क्रेटा आफ्नो बोल्ड लुक्स र प्रिमियम सुविधाका कारण निकै लोकप्रिय छ । २०२४(२५ को आर्थिक वर्षमा यसको १ लाख ९४ हजार ८७१ युनिट बिक्री भयो ।

मारुती सुजुकी अर्टिगा :

७ सिटर एमपीभी सेगमेन्टमा मारुती सुजुकी अर्टिगाको दबदबा यथावत् रह्यो । आर्थिक वर्षभरिमा १ लाख ९० हजार ९७४ युनिट बिक्री भयो। ठूलो परिवारका लागि उपयुक्त विकल्प मानिने अर्टिगाले राम्रो माइलेज, प्रशस्त ठाउँ र आरामदायी यात्राको अनुभव प्रदान गर्छ।

मारुती सुजुकी ब्रेजा:

ब्रेजाले गत वर्ष १ लाख ८९ हजार १६३ युनिट बिक्री गर्दै पाँचौं स्थान हासिल गर्‍यो। सब(कम्प्याक्ट ४ मिटर एसयूभी सेगमेन्टमा ब्रेजाले उत्कृष्ट प्रदर्शन गर्‍यो। यसको बोल्ड डिजाइन, लुक र राम्रो माइलेजले लाखौं ग्राहकलाई आकर्षित गर्‍यो।

मारुती सुजुकी स्विफ्ट :

बजेट प्रिमियम ह्याचब्याक सेगमेन्टमा लामो समयदेखि मनपर्ने कार स्विफ्टको १ लाख ७९ हजार ६४१ युनिट बिक्री भयो। स्पोर्टी डिजाइन, सहज ड्राइभिङ अनुभव र विश्वसनीयताका कारण यो सूचीको छैठौं स्थानमा रह्यो।

मारुती सुजुकी बलेनो:

प्रिमियम ह्याचब्याक सेगमेन्टको बलेनोको १ लाख ६७ हजार १६१ युनिट बिक्री भयो। यसको स्टाइलिश लुक र अत्याधुनिक सुविधाले यसलाई लोकप्रिय बनाइरहेको छ।

मारुती सुजुकी फ्रङ्क्स :

फ्रङ्क्स मारुती सुजुकीको नयाँ मोडल हो, जसले छोटो समयमा १ लाख ६६ हजार २१६ युनिट बिक्री गर्दै ग्राहकको मन जित्न सफल भयो। यसको एसयूभी शैलीको डिजाइन र टर्बो इन्जिन विकल्प विशेष गरी युवाहरूबीच लोकप्रिय छन्।

मारुती सुजुकी डिजायर :

सूचीको एक मात्र सेडान डिजायर हो, जसको १ लाख ६५ हजार २१ युनिट बिक्री भयो। अद्भुत माइलेज, सुरक्षित र आरामदायी यात्रा अनुभवले डिजायरलाई सेडानप्रेमीबीच पहिलो रोजाइ बनाएको छ।

महिन्द्रा स्कोर्पियो :

महिन्द्राको स्कोर्पियो, विशेष गरी नयाँ स्कोर्पियो(एन संस्करण गत वर्ष १ लाख ६४ हजार ८४२ युनिट बिक्रीसहित शीर्ष १० मा समावेश भयो । बलियो बनावट, शक्तिशाली इन्जिन र अफरोड क्षमताका कारण सो एसयूभी सवारी प्रेमीहरूबीच लोकप्रिय रहेको छ ।

prabhu mahalaxmi
kumari