sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

एनआइसी एसिया बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।  एनआइसी  एसिया बैंकको ऋणपत्रमा आवेदन दिने आज  (चैत २८ गते) अन्तिम दिन हो । व्यक्तिगत तवर (प्राइभेट प्लेसमेन्ट) बाट मागभन्दा बढी आवेदन परेपछि आज बिहीबार बिक्री बन्द गर्न लागिएको हो ।

आज बिहीबार कार्यालय समयसम्म यसमा आवेदन दिन सकिनेछ । बैंकले चैत २५ गते प्रतिइकाई १ हजार रुपैयाँको दरले कुल ५० लाख इकाई बिक्री खुला गर्न गरेको हो । जसमध्ये ४० प्रतिशत अर्थात २० लाख इकाई सर्वसाधारणलाई र ६० प्रतिशत अर्थात ३० लाख इकाई प्राइभेट प्लेसमेन्टका लागि छुट्याइएको छ ।

सर्वसाधारणलाई जारी हुने इकाईबाट ५ प्रतिशत अर्थात १ लाख इकाई भने म्युचुअल फन्डलाई छुट्याइएको बैंकले जानकारी गराएको छ । बैंकले १० वर्ष अवधि भएको ‘७५ एआइसी एसिया डिबेन्चर २०९१’ निष्काशन गरेको हो ।

यसमा वार्षिक ७ प्रतिशत ब्याजदर प्रदान हुने बैंकले जनाएको छ । लगानीकर्ताले न्यूनतम २५ इकाईदेखि अधिकतम २५ लाख इकाईसम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र शाखा कार्यालयहरु र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् । यसमा प्रभु क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको छ ।

क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले एनआइसी एसियालाई समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको जनाउने आइआरएन इस्यूअर रेटिङ ट्रिपल बी प्लस प्रदान गरेको छ ।

gold
nawakantipur long