sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

बुटवल र भैरहवामा एमजी एस ५ को बिक्री सुरु

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एमजीको नयाँ विद्युतीय एसयूभी एमजी एस ५ बुटवल र भैरहवामा सार्वजनिक भएको हो । बुटवलका लागि आधिकारिक विक्रेता वरुण मोटर्स र भैरहवामा थ्री एचएल कम्पनीमार्फत एमजी एस ५ सार्वजनिक गरिएको हो ।

एमजी एस ५ सार्वजनिक भएसँगै यी क्षेत्रमा टेस्ट ड्राइभ तथा बुकिङ खुला गरिएको कम्पनीले जनाएको छ । निकै नै प्रतिस्पर्धात्मक मूल्यमा आएको एस५ ले वुटवल र भैरहवा क्षेत्रका ईभी प्रेमीलाई सजिलै आकर्षित गर्ने विश्वास लिइएको छ ।

एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले नयाँ ईभी एस५ लाई हालै सार्वजनिक गरेको थियो । कम्पनीले केहि दिनयता एस५ को डेलिभरी समेत दिन थालिसकेको छ ।

तीन भेरिएन्टमा उपलब्ध एमजी एस ५ को मूल्य ४३ लाख ९९ हजार, ४९ लाख ९९ हजार र ५४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

स्केलेबल मोडुलर प्लेटफर्ममा बनेको एमजी एस५ मा रियर ह्विल ड्राइभ र इन्डिपेन्डेन्ट सस्पेन्सन लगायतका विभिन्न फिचर छन् ।

यी सबैका कारण ह्यान्डलिङ, स्टेबिलिटी र कम्फर्टमा सहजता थपिएको छ । स्मुद र डाइनामिक राइडका लागि यो सेगमेन्टमै पहिलो पटक सस्पेन्सन सेटअप विकास गरिएको छ ।

यसमा विश्वकै सबैभन्दा पातलो अल्ट्रा थिन ब्याट्री प्रयोग गरिएको छ । इन्ट्री लेभल मोडलमा ४९.१ किलोवाट आवरको लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्री प्रयोग गरिएको छ, जसले सिंगल चार्जमा ३४० किलोमिटर डब्लुएलटीपी रेन्ज दिन्छ । त्यसैगरी अर्को भेरिएन्टमा ६२.२ किलोवाट आवरको ब्याट्री छ, जसले सिंगल चार्जमा ४३० किलोमिटरको रेन्ज दिन्छ ।

एमजी एस५ ईभीले ७.१ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ भने यसको टप स्पिड १७५ किलोमिटर प्रतिघण्टा छ ।

यो गाडीमा इनबिल्ट आईस्मार्ट सिस्टम छ, जसले टिकटक, च्याटजीपीटी, स्पोटीफाई र युट्युब लगायतका प्रसिद्ध एपलाई एकीकृत गरी ड्राइभिङ अनुभवलाई अझै राम्रो बनाउछ ।

एस५ मा १२.८ इन्चको इन्फोटेनमेन्ट टचस्क्रिन, १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र माथिल्लो भेरिएन्टमा प्यानोरामिक सनरुफ लगायतका विशेषता छन् । यसमा ९९ किलोवाटको मोटर छ ।

gold
nawakantipur long