८ महिनाको अवधिमा १० खर्ब ५१ अर्ब ७७ करोड रेमिटेन्स भित्रिए

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा १० खर्ब ५१ अर्ब ७७ करोड रेमिटेन्स भित्रिएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह ९.४ प्रतिशतले वृद्धि भएको हो । गत आवको सोही अवधिमा विप्रेषण आप्रवाह १८.३ प्रतिशतले बढेको थियो ।
यता, अमेरिकी डलरमा विप्रेषण पनि ६.९ प्रतिशतले बढेर ७ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.१ प्रतिशतले बढेको थियो ।
यसअवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ३ लाख १७ हजार ६८ जना पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या २ लाख १७ हजार ४०३ जना रहेको छ ।