पल्सर एनएस २०० को फिचरमा कटौती

बजाजले आफ्नो लोकप्रिय मोडल पल्सर एनएस २०० को सस्तो भेरिएन्ट लन्च गर्ने तयारी थालेको छ । कम्पनीले भारतका बजाज डिलरशिपहरुमा सो नयाँ भेरिएन्ट पठाउन थालिसकेको रिपोर्टमा उल्लेख गरिएको छ ।
यसअघि डुअल च्यानल एबिएस र युएसडी फोर्क जडित एनएस २०० मात्रै उपलब्ध रहेकोमा कम्पनीले सिंगल च्यानल एबिएस र टिलिस्कोपिक फोर्क जडित अर्को सस्तो भेरिएन्ट ल्याउन लागेको हो ।
फिचर कटौती भएपछि यसको मूल्य समेत सस्तो पर्नेछ । बजाजले हाल एनएस २०० लाई १ लाख ६० हजार भारुमा बिक्री गर्दै आएकोमा नयाँ भेरिएन्ट ३० हजार भारुसम्मले सस्तो पर्न सक्ने अनुमान गरिएको छ ।
नयाँ भेरिएन्टमा एबिएस र सस्पेन्सन बाहेक अन्य फिचर भने यथावतै रहने जनाइएको छ । यस नयाँ भेरिएन्टमा पनि एलसिडी डिस्प्ले, एलईडी लाइट र १९९.५ सिसी क्षमताको लिक्वड कुल्ड ईन्जिन जडान हुनेछ । उक्त इन्जिनले २४.५ एचपी पावर र १८.७४ एनएम टर्क जेनेरेट गर्दछ ।