stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

पल्सर एनएस २०० को फिचरमा कटौती

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

बजाजले आफ्नो लोकप्रिय  मोडल  पल्सर  एनएस २०० को सस्तो भेरिएन्ट लन्च गर्ने तयारी थालेको छ । कम्पनीले भारतका बजाज डिलरशिपहरुमा सो नयाँ भेरिएन्ट पठाउन थालिसकेको रिपोर्टमा उल्लेख गरिएको छ ।

यसअघि डुअल च्यानल एबिएस र युएसडी फोर्क जडित एनएस २०० मात्रै उपलब्ध रहेकोमा कम्पनीले सिंगल च्यानल एबिएस र टिलिस्कोपिक फोर्क जडित अर्को सस्तो भेरिएन्ट ल्याउन लागेको हो ।

फिचर कटौती भएपछि यसको मूल्य समेत सस्तो पर्नेछ । बजाजले हाल एनएस २०० लाई १ लाख ६० हजार भारुमा बिक्री गर्दै आएकोमा नयाँ भेरिएन्ट ३० हजार भारुसम्मले सस्तो पर्न सक्ने अनुमान गरिएको छ ।

नयाँ भेरिएन्टमा एबिएस र सस्पेन्सन बाहेक अन्य फिचर भने यथावतै रहने जनाइएको छ । यस नयाँ भेरिएन्टमा पनि एलसिडी डिस्प्ले, एलईडी लाइट र १९९.५ सिसी क्षमताको लिक्वड कुल्ड ईन्जिन जडान हुनेछ । उक्त इन्जिनले २४.५ एचपी पावर र १८.७४ एनएम टर्क जेनेरेट गर्दछ ।

prabhu mahalaxmi
kumari