sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

यामाहा र हेल्मेट्स नेपाल बिच व्यापारिक सम्झौता

यामाहा शोरुममा हेल्मेट्स नेपालको आउटलेट रहने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । विगत ९ वर्ष देखि हेल्मेटको मार्केटमा आफ्नो छुट्टै पहिचान बनाइरहेको ‘हेल्मेट्स नेपाल’ ले यामाहा नेपालसँग व्यापारिक सहकार्यमा सम्झौता गरेको छ ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा हेल्मेट्स नेपाल र यामाहा नेपाल बिच सम्झौता भएको हो । सम्झौता अनुसार अब यामाहा मोटरसाइकलको शोरुमहरुमा हेल्मेट्स नेपालको पनि आउट्लेट रहने भएको छ, जहाँ हेल्मेट, सेफ्टी गियर र एसेसरिजहरु उपलब्ध हुने छन् ।

पहिलो चरणमा काठमाडौँका शोरुमहरु टेकु, महाराजगञ्ज र गठ्ठाघर भक्तपुरमा हेल्मेट्स नेपालको आउटलेटहरु रहने छन् । नक्सालस्थित यामाहाको ब्लु स्क्वायर शोरुममा भने एक्सचेन्जको सुविधा उपलब्ध रहने छ ।

आगामी दिनहरुमा यो सुबिधाहरुलाइ थप विस्तार गर्दै लैजाने कुरा हेल्मेट्स नेपालका प्रबन्ध निर्देशक सजल जोशीले बताए ।

यामाहा नेपाल र हेल्मेट्स नेपालको यो सहकार्यले नेपालमा रोड सेफ्टी र राइडिङ कल्चर अझै परिस्कृत रुपमा परिभाषित हुने विश्वास लिइएको छ । ग्राहकहरुले एउटै छानामुनि मोटरसाइकल, हेल्मेट, सेफ्टी गियर र राइडिङ एसिसरिजहरुको सुबिधा प्राप्त गर्न सक्नेछन् ।

यस अघि नै आफ्नो दुई अत्याधुनिक शोरुम मार्फत सेवा प्रदान गर्दै आएको हेल्मेट्स नेपालले अब कुल ६ स्थानहरुबाट सेवा प्रदान गर्नेछ ।

gold
nawakantipur long