stcnepal long ad
ime life insurance
global ime bank long

“एचएमडी क्रेष्ट फाइप जी स्मार्टफोन: ५० मेगापिक्सेल क्यामरा र स्मार्ट डिजाइनको साथ

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । टेलिटक प्रालिले नेपालमा आफ्नो नयाँ एचएमडी क्रेष्ट फाइप जी स्मार्टफोन सार्वजनिक गरेको छ। यो स्मार्टफोन विशेष गरी उच्चस्तरीय फोटोग्राफी र स्टाइलिश डिजाइनको संयोजनका लागि परिचित छ।

५० मेगापिक्सेलको सेल्फी क्यामरा र ५० मेगापिक्सेलको डुअल रियर क्यामरा सहित, यो स्मार्टफोन फोटोग्राफीको क्षेत्रमा नयाँ मानक स्थापना गर्न सक्षम छ। साथै, यसको अत्याधुनिक एआई फिचरले प्रयोगकर्तालाई एक अनौठो स्मार्टफोन अनुभव प्रदान गर्छ।

एचएमडी क्रेष्ट फाइप जी स्मार्टफोनले विशेषगरी स्टाइलिस्टिक डिजाइन र मर्मत गर्न सजिलो बनाइएका सुविधाहरूलाई प्राथमिकता दिएको छ।

यसमा ५० मेगापिक्सेल सेल्फी क्यामरा सहित उत्कृष्ट फोटो खिच्ने क्षमता छ, जसले प्रयोगकर्तालाई स्पष्ट र तुरुन्तै शेयर गर्न सकिने नतिजा दिन्छ।

यो स्मार्टफोन अप्ठेरा सेल्फी क्षणहरूलाई पनि सजिलै ह्याण्ड्स(फ्री सेल्फी, टोन कन्ट्रोल र ब्युटिफाईजस्ता फिचरहरूसँग अनुकूल गर्न सक्छ।

नयाँ स्मार्टफोनमा स्लो मोशन मोड, एआई सुपर पोट्र्रेट मोड र फ्ल्याश शट जस्ता विशेषताहरू पनि समावेश गरिएको छ, जसले पोर्ट्रेट फोटोग्राफी र एक्शन शटहरूलाई अझ आकर्षक र सहज बनाउँछ। यसको ट्राइपड मोडले लामो एक्सपोजरका लागि राम्रो फोटोग्राफीको अनुभव दिन्छ।

एचएमडी क्रेष्ट फाइप जी स्मार्टफोनका अन्य महत्वपूर्ण विशेषताहरूमा ६.६७ इञ्चको फुल एचडी प्लस ओएलईडी डिस्प्ले, ५००० एमएएच ब्याट्री, र ३३ वाटको फास्ट चार्जिङ क्षमता समावेश छ।

यसमा १२८ जीबी स्टोरेज र १२ जीबी र्याम (६ जीबी फिक्स्ड र ६ जीबी भर्चुअल) सहितको पर्याप्त मेमोरी छ। यस्ता विशेषताहरूले यस स्मार्टफोनलाई उच्च प्रदर्शन र निरन्तर प्रयोगका लागि मद्दत पुर्‍याउँछ।

यस स्मार्टफोनको युनिसोक टी ७६० फाइभजी प्रोसेसरले ५१००००ं अन्टुटु स्कोर प्राप्त गरेर आफ्नो कार्यक्षमता प्रमाणित गरेको छ।

साथै, यस स्मार्टफोनमा रिपेयरेबिलिटी १.० रहेको छ, जसको अर्थ प्रयोगकर्ताले बैक प्यानल, ब्याट्री, डिस्प्ले, र चार्जिङ पोर्टलाई आफैं मर्मत गर्न सक्नेछन्। यो सुविधाले स्मार्टफोनको जीवनकाल लम्ब्याउन र इलेक्ट्रोनिक फोहोर कम गर्न मद्दत पुर्‍याउँछ।

एचएमडी क्रेष्ट फाइप जी स्मार्टफोन मिडनाइट ब्लू रंगमा उपलब्ध हुनेछ र यसको मूल्य रु. १८,९९९ राखिएको छ। यो स्मार्टफोन नेपालका विभिन्न मोबाइल पसलहरूमा उपलब्ध हुनेछ।

टेलिटक प्रा.लि.का उपाध्यक्ष रवि कुँवरले यो स्मार्टफोन सार्वजनिक गर्दै भने, “एचएमडी क्रेष्टको अनावरणसँगै हामी सिर्जनशीलता, दिगोपन र यूजर एक्सपेरियन्सलाई प्राथमिकता दिने मोबाइल प्रविधिको नयाँ युगतर्फ अग्रसर भएका छौं।

यो स्मार्टफोन डिजाइन, प्रविधि र दिगोपनासँग मेल खाने स्मार्टफोन हो जसले आजको जेन–जि पुस्ताका आवश्यकताहरूलाई पूरा गर्नेछ।”

टेलिटक प्रा.लि. नेपालमा नोकिया र एचएमडी ब्राण्डको एकमात्र आधिकारिक बिक्रेता हो र यसले नेपाली बजारमा स्मार्टफोन प्रविधिमा नयाँ आयाम थप्नका लागि निरन्तर काम गर्दै आएको छ।

prabhu mahalaxmi
kumari