citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

होन्डा ग्राजिया, अप्रिलिया र भेस्पा स्कुटरका लागी सुलभ मूल्यमै गुणस्तरिय मिरर

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । होन्डा ग्राजिया, अप्रिलिया र भेस्पा स्कुटरका लागी नयाँ मिरर उपलब्ध भएको छ । स्पेयर पार्ट्स व्यवसायमा स्थापित कम्पनी आरएसके ट्रेड कन्सर्नले यी तीन फरक ब्रान्डका स्कुटरलाई लक्षित गरी एचवाईबी–एमआर ब्रान्डका मिरर उपलब्ध गराएको हो ।

चिनको प्रख्यात कम्पनीबाट उत्पादन हुने यी मिरर जेन्यूइन जस्तै गुणस्तरिय भएपनि मूल्य निकै सुलभ रहेको कम्पनीका चेयरम्यान शशिकान्त अग्रवालले बताए । ‘हामीले विगत लामो समयदेखी चीनबाट बिभिन्न ब्रान्डका गुणस्तरिय स्पेयर पार्ट्स आयात गर्दै आएका छौ ।

बजारको माग र उपभोक्ताको आवश्यकतालाई मध्येनजर गरी आयात गरिने हुँदा हामीले ल्याउने सबैजसो पाट्र्स बजारमा सफल भएका छन् । यसै क्रममा पछिल्लो समय बजारमा निकै माग भएको होन्डा ग्राजिया, अप्रिलिया र भेस्पा स्कुटरका लागि आवश्यक मिरर आयात गरेका हौँ’ उनले भने ।

बलियो, टिकाउ र प्रष्ट भिजिबिलिटी भएको यी मिररको डिजाइन समेत निकै आकर्षक रहेको छ । गुणस्तरमा  सम्झौता  नगरी उत्पादन गरिएका कारण यो निकै बलियो रहेको कम्पनीले दाबी गरेको छ ।

आरएसके ट्रेड कन्सर्नले हाल एचवाईबी–एमआर, एचवाईबी–एमएफ, एचवाईबी–एसएस, आरएसके, एनएसटी, एक्सजिबी र केयरवे लगायत दर्जन बढी आफ्नै ब्रान्डमा स्पेयर पाट्र्स उपलब्ध गराउँदै आएको छ ।

देशैभर बिक्री नेटवर्क भएको यस कम्पनीले टु–ह्विलर स्पेयर पार्ट्सको व्यावसायमा आफ्नो अलग्गै पहिचान कायम गरेको छ ।

gold
himalayan life insurance long ad
kumari bank