stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

बीवाईडीले ल्यायो फ्रि स्मार्ट ड्राइभिङ फिचर ‘गड्स आई’, अन्य कम्पनीको सेयर मूल्यमा गिरावट

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

बीवाईडीले ल्याएको फ्रि स्मार्ट ड्राइभिङ फिचर ‘गड्स आई’ को चर्चा चुलिएको छ । बीवाईडीले सबै मोडलमा उपलब्ध गराउने सो फिचरका कारण एक्सपेङ र गिली अटो लगायतका चाइनिज कार निर्माता कम्पनीहरुको सेयर मूल्यमा समेत गिरावट आएको छ ।

बीवाईडीले आफ्ना २१ मोडलमा ‘गड्स आई’ एड्भान्स्ड ड्राइभर असिस्टेन्ट सिस्टम (एडास) उपलब्ध गराउने घोषणा गरेको छ । बीवाईडीको प्रतिस्पर्धी कम्पनी टेस्लाले समेत यस्तै सिस्टम उपलब्ध गराइरहेको छ ।

यसका लागि बीवाईडीले थप मूल्य समेत नलिने बताएको छ । सबैभन्दा कम मूल्यको मोडल सिगलमा समेत यो सुविधा उपलब्ध हुनेछ । यसको मूल्य ९ हजार ५५५ डलर छ ।

बीवाईडीको यो कदमबाट नयाँ प्राइस वार समेत हुने विश्लेषकहरुको भनाइ छ । चाइनिज आर्टिफिसियल स्टार्टअप डिपसिकको समेत ईभीमा प्रवेशको चर्चा चलिरहेको समयमा बीवाईडीको यो कदमबाट अर्को रोचकता थपिएको छ ।

गड्स आई एडास फिचर भित्र १२ क्यामेरा, ५ एमएम वेभ राडार, १२ अल्ट्रासोनिक राडार छन् । प्रयोग भएका १२ क्यामेरामा ३ वटा अगाडि, ५ पानारोमिक क्यामेरा, ४ साइड क्यामेरा प्रयोग भएको छ । पाँच वेभ राडारले ३६० डिग्री भ्यु खिच्नेछ । कारको अगाडि ३०० मिटरमा कहाँ के भइरहेको पत्ता लगाउने छ ।

बीवाइडीले ‘गड्स आई’ भनेको नयाँ एडास फिचर ए, बी र सी नामाकङ्कन गरेर ल्याएको छ । कम्पनीले कम मूल्यका कारमा सी, मिड रेन्जमा बी र टप प्रिमियम ब्रान्डमा ए भेरिएन्टको प्रयोग गर्नेछ ।

सन् २०२३ मा पहिलो पटक सार्वजनिक भएको गड्स आईले ड्राइभरलाई क्यामेरा र राडार सेन्सरमार्फत सहयोग गर्छ । यसबाट भ्यालेट पार्किङ, एडेप्टिभ क्रुजिङ र अटोमेटेड ब्रेकिङ लगायतका फिचर उपलब्ध हुन्छ ।

prabhu mahalaxmi
kumari