stcnepal long ad
global ime bank long

पोखरामा ‘वाडा अटो शो’ चैत्र १३ देखि १७ सम्म आयोजना हुने

नाडाले सहयोग गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नाडाले आफनो संस्थागत सदस्य पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशन (वाडा) का नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई स्वागत तथा सम्मान गरेको छ ।

आइतबार नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यमा आयोजित सो भेटघाट तथा छलफल कार्यक्रममा वाडाका नव निर्वाचित अध्यक्ष दिपेन्द्र कोइरालाले पोखरामा पहिलो पटक वाडा अटो शो आयोजना गर्न नाडाका तर्फबाट आवश्यक सहयोगको लागि औपचारिक रुपमा आग्रह गरे ।

सो भेटघाट तथा छलफल कार्यक्रममा उक्त अटो शोको संम्भाव्यता र त्यसको मोडालिटिका सम्बन्धमा विस्तृत छलफल गरिएको नाडाले जनाएको छ ।

उक्त छलफलमा यही २०८१ चैत्र १३ देखि १७ सम्म पोखरामा वाडा अटो शो आयोजना गर्ने र त्यसका लागि तत्कालै सम्भाव्यता अध्ययन गरी त्यसको सर्वे रिर्पोटको आधारमा अन्य कार्यहरुलाई अघि बढाउने र नाडाले मूख्य सल्लाहकारको भूमिका निर्वाह गर्ने उल्लेख गरिएको छ ।

नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले सञ्चालन गरेको उक्त भेटघाट तथा छलफल कार्यक्रमलाई वरिष्ठ उपाध्यक्ष आकाश गोल्छाले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा नाडा र वाडा दुबै संस्थाका पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।

नाडाले सन् १९९८ देखि नाडा अटो शो हरेक बर्ष काठमाडौंमा आयोजना गर्दे आएको छ भने अन्य प्रदेशहरुमा पनि अटो शो आयोजनाका लागि सम्भाव्यता अध्ययन गरिरहेको छ ।

IME Lifesidebar
kumari