citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

एमजी कोमेटको मूल्यमा वृद्धि, दुई भेरिएन्टको मूल्य अब कति ?

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेपाली बजारमा उपलब्ध कम मूल्यको ईभीको रुपमा परिचित एमजी कोमेटको मूल्य वृद्धि भएको छ । नेपालका लागि एमजीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले नेपाली बजारमा उपलब्ध दुई भेरिएन्टको मूल्यमा वृद्धि गरेको हो ।

नेपाली बजारमा दुई भेरिएन्ट पेस (एक्जिक्युटिभ) र प्ले (एक्साइट) उपलब्ध छन् । अब प्ले भेरिएन्टको  मूल्य १९ लाख ४९ हजार र  प्ले भेरिएन्टको मूल्य २२ लाख ४९ हजार रुपैयाँ तोकिएको छ । यो भन्दा पहिले यी दुई भेरिएन्टको मूल्य क्रमशः १८ लाख ४९ हजार र २१ लाख ४९ हजार रुपैयाँ थियो ।

मिनी ईभी कोमेटमा एमजीले १७.३ किलोवाट आवरको ब्याट्री र ३१.२६ किलोवाटको मोटर जडान गरेको छ । यो ईभीलाई एकपटकको सिंगल चार्जमा २३० किलोमिटर चलाउन सकिने दावी गरिएको छ ।

कोमेटमा यात्रुको सुरक्षाका लागि आईपी–६७ रेटेड ब्याट्री, डुअल फ्रन्ट एयर व्याग, रियर पार्किङ सेन्सर र सवै यात्रुका लागि सिट वेल्टहरु राखिएको छ ।

सुविधा र सहजताका लागि यसमा एलसिडी स्क्रिन, रिमोट कन्ट्रोल लकिङ, म्यानुअल एसी र हिटर लगायत फिचर पाउन सकिन्छ ।

कम्पनीले यसको ब्याट्रीमा १ लाख २० हजार किलोमिटरसम्म अर्थात ८ वर्ष र हाई भोल्टेज कम्पोनेन्टमा १ किलोमिटरसम्म अर्थात ३ वर्षको वारेन्टी प्रदान गर्छ ।

एमजी कोमेट नेपाली बजारमा रुचाइएको मिनी ईभी हो । २० लाख रुपैयाँ हाराहारी मूल्यमा नयाँ ईभी किन्न चाहने ग्राहकको रोजाइमा यो सधै प्राथमिकतामा पर्ने गरेको छ ।

gold
himalayan life insurance long ad