stcnepal long ad
ime life insurance
global ime bank long

गणपति लघुवित्त वित्तीय संस्थाको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक

 नाफासँगै ईपीएस वृद्धि

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा १४ दशमलव ९७ प्रतिशतले वृद्धि भएको छ।

कम्पनीले गत आर्थिक वर्षको दोस्रो त्रैमासमा १ करोड ७ लाख रुपैयाँ नाफा कमाएकोमा चालू आर्थिक वर्षको सोही अवधिमा बढेर १ करोड २३ लाख रुपैयाँ पुगेको छ।

चालू आर्थिक वर्षमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले खुद नाफा बढ्न टेवा पुगेको हो।

सञ्चालन नाफा गत आर्थिक वर्षमा १ करोड ५३ लाख रुपैयाँ रहेकोमा चालू आर्थिक वर्षमा बढेर १ करोड ७६ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, खुद ब्याज आम्दानी गत आवमा ५ करोड २५ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर ७ करोड ५० लाख रुपैयाँ पुगेको छ।

चुक्ता पूँजी १५ करोड १५ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ४ करोड रुपैयाँ र सञ्चित मुनाफा ८३ लाख रुपैयाँ रहेको छ।

कम्पनीले १ अर्ब ६२ करोड रुपैयाँ सापटी लिएर ४७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ अर्ब ११ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि वृद्धि भएको छ। गत आवको दोस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ १८ पैसा रहेकोमा चालू आर्थिक वर्षमा बढेर १६ रुपैयाँ ३० पैसा पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ ०८ पैसा र खराब कर्जा ४ दशमलव १३ प्रतिशत छ।

prabhu mahalaxmi
kumari