बटन थिचेकै भरमा एसयूभीलाई पिकअप ट्रक बनाउन मिल्ने दिपल ई०७ भोलि लन्च हुने

काठमाडौं । नेपाली अटो बजारमा केही समययता चर्चा पाइरहेको दिपल ई०७ भोलि लन्च हुने भएको छ । चांगन तथा दिपलको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धिले सो नयाँ ईभीलाई शोरुममा राखेर शनिबार ‘एक्सक्लुसिभ स्निक पीक’ आयोजना गरेको थियो ।
अटोमोबाइल उद्योगमा नयाँ सेग्मेन्ट स्थापना गर्दै विश्वकै पहिलो ‘ट्रान्सफर्मर’ एसयूभीको पहिचान बनाएको दिपल ई०७ लाई एउटा बटन थिचेकै भरमा पिकअप ट्रकमा कन्भर्ट गर्न सकिन्छ ।
अत्याधुनिक प्रविधि, अद्वितीय डिजाइन र अफरोड क्षमता समेत भएका कारण दिपालले यसअघि नेपाल ल्याएको बिद्युतिय एसयुभी एस०७ र सेडान कार एल०७ जस्तै ई०७ पनि छिट्टै ईभी पारखीमाझ लोकप्रिय बन्ने अनुमान गर्न सकिन्छ ।
यस नयाँ ईभीमा ९० किलोवाट आवरको ब्याट्री प्याक तथा १९० किलोवाट क्षमताको मोटर जडान गरिएको छ । ‘रियर ह्विल ड्राइभ’ सिस्टम दिईको ई०७ ले २५८ पीएस पावर र ३६५ एनएम टर्क उत्पन्न गर्नेछ भने यसको रेन्ज ५६६ किलोमिटर दाबी गरिएको छ । यसले ‘अल्ट्रा–फास्ट डीसी चार्जर’ समेत सपोर्ट गर्दछ ।
कठोर भौगोलिक अवस्था र सडकका लागि बनाइएको ई०७ को ‘वाटर–वेडिङ’ क्षमता ६०० एमएम रहेको छ । साथै यसमा २८।८६ इन्चको ‘अग्मेन्टेड एचयुडी’ र ‘थ्रीडी मोडेल कार कन्ट्रोल इन्टरफेस’ रहेको छ । यसबाहेक ‘जिरो ग्रेभिटी’, १८ स्पिकर, ‘अटोपार्किङ’ जस्ता फिचरहरु छन् ।