सिंगापुरमा बीवाईडीको बिक्री चार गुना बृद्धि, टोयोटालाई पछि पार्दै बन्यो नम्वर–१

काठमाडौं । सिंगापुरमा बीवाईडीले टोयोटाको बिक्रीलाई उछिनेको छ । चिनियाँ ईभी निर्माता बीवाइएडीले पहिलो पटक टोयोटालाई पछि पार्दै सिंगापुरमा सर्बाधिक बिक्री हुने कार ब्रान्ड बनेको हो ।
उच्च कर लाग्ने कारण सिंगापुरलाई विश्वकै महंगो अटोबजारका रुपमा लिने गरिन्छ । जहाँ विगत लामो समयदेखी टोयोटाको बर्चश्व रहँदै आएको थियो । टोयोटापछि तेस्रो धेरै कार बिएमडब्लु बिक्री भएको छ ।
सन् २०२३ को तुललामा चार गुना बिक्री बढाउँदै बीवाईडीले गत वर्ष ६ हजार १९१ युनिट कार बिक्री गर्न सफल भएको हो । यसैगरी टोयोटाको बिक्री १४ प्रतिशतले बढेर कुल ५ हजार ७३६ युनिट पुगेको जनाइएको छ ।
न्यू इनर्जी भेइकलमा निकै आक्रमक बजार लिइरहेको बीवाईडी विश्व बजारर्मै सर्बाधिक बिक्री हुने ईभी ब्रान्ड समेत हो । यस ब्रान्डको प्रभाव पछिल्लो समय एसियाली बजारसहित यूरोप, अमेरिका र अफ्रिका महादेशमा समेत ब्यापक विस्तार भइरहेको छ ।