stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

यशोदा फुड्सको ग्लोबल कार्यकारी निर्देशकमा जीपी शाह नियुक्त

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । यशोदा फुड्सको ग्लोबल कार्यकारी निर्देशकमा जीपी शाह नियुक्त भएका छन् । यशोदा  फुड्सले राष्ट्रिय तथा  अन्तर्राष्ट्रिय  बजार  बिस्तारका लागि  शाहलाई नियुक्त गरेको जनाएको छ ।

शाहको लामो व्यावसायिक अनुभव छ । उनले यसअगाडि केडिया ग्रुपमा ७ वर्ष र चौधरी ग्रुपमा २४ वर्ष काम गरिसकेका छन् । उत्पादन, इन्जिनियरिङ, प्राजेक्ट मेनेजमेन्ट, सेल्स तथा मार्केटिङमा उनको अनुभव रहेको छ ।

यशोदा फुड्सका अध्यक्ष चुनप्रसाद पौडेलले शाहको प्रवेशसँगै यशोदाको उत्पादन अन्तर्राष्ट्रिय बजारमा बिस्तार हुने विश्वास व्यक्त गरे ।

कम्पनीले भारत, अमेरिका, युरोप, अष्ट्रेलियालगायत १५ भन्दा बढी देशमा आफ्नो उत्पादन निर्यात गर्दै आइरहेको छ । कम्पनीले करेन्ट चाउचाउ, चिजबल्स र चिप्सलगायतका खाद्यवस्तु उत्पादन गर्दै आइरहेको छ ।

prabhu mahalaxmi
kumari bank
kumari