थप रेन्ज र पावर सहितको ‘दिपल एस ०७ एल’ नेपाल भित्रिदै
यसै साता सार्वजनिक हुने

काठमाडौं । नेपालका लागि दिपलको आधिकारिक वितरक एमएडब्लु वृद्धिले आफ्नो सफल इलेक्ट्रिक एसयूभी दिपल एस०७ को अपग्रेडेड र थप शक्तिशाली तथा बढी रेन्ज दिने एसयूभीलाई यसै साता सार्वजनिक गर्ने तयारी गर्दैछ ।
फ्युचरिस्टिक डिजाइन र अत्याधुनिक प्रविधिका कारण निकै लोकप्रिय बनेको दिपल एस०७ हालसम्म सात सयभन्दा बढी युनिट विक्री भइसकेको कम्पनीको भनाइ छ । एस०७एलले अद्वितीय ईभी अनुभवमार्फत पर्फर्मेन्स, रेन्ज र ड्राइभिङ एक्साइटमेन्टलाई नयाँ उचाइमा पु¥याउनेछ ।
थप रेन्ज र पावरफुल पर्फमेन्स
दिपल एस०७एलमा १६० किलोवाटको रियर ह्विल ड्राइभ रहेको छ भने ७९।९ किलोवाट आवरको ब्याट्री प्याक दिइएको हुनेछ जसले सिंगल चार्जमा ४८५ किलोमिटर डब्लुएलटीपी रेन्ज दिनेछ ।
स्पिड इन्थुजियास्टका लागि डिजाइन गरिएको यो इलेक्ट्रिक एसयूभीको टप स्पिड १८० किलोमिटर प्रति घन्टा रहेको छ भने ० देखि १०० किलोमिटर प्रति घन्टाको रफ्तार मात्र ६।६ सेकेन्डमा हासिल गर्नेछ ।
अत्याधुनिक डिजाइन र प्रविधि
एस०७एलले पनि चर्चित दिपल एस०७ ले जस्तै बोल्ड एक्सटेरियर, फ्रेमलेस डोर, ठूला २० इन्चका टायरले सबैको ध्यान आकर्षित गर्नेछ । क्याबिनमा क्वालकम स्न्यापड्रागन ८१५५ चिपजडित १५.६ इन्चको सनफ्लावर टचस्क्रिन हुनेछ । यसले इन्फोटेनमेन्ट र भेइकल कन्ट्रोललाई बेजोड बनाउनेछ ।
यसबाहेक दिपल एस ०७ एलमा नेभिगेसन र ड्राइभर इन्फर्मेसनका लागि अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, ह्यान्ड्स फ्रि अपरेसनका लागि जेस्चर कन्ट्रोल, वेलकम सिट, एन्डभान्स्ड सेफ्टी ड्राइभिङ, एडास २.५ जस्ता फिचरहरु रहनेछन् ।
सुरक्षाका लागि यसमा एआईसीसी एडाप्टिभ क्रुज कन्ट्रोल, एक्टिभ इमर्जेन्सी ब्रेकिङ, ब्लाइन्ड स्पट मोनिटरिङ, ट्रान्सपरेन्ट च्यासिस सहितको ३६० डिग्री प्यानोरामिक क्यामेरा पनि रहेको छ ।
यी अत्याधुनिक प्रविधि, शक्तिशाली पर्फमेन्स र फ्युचरिस्टिक डिजाइनमार्फत दिपल एस ०७ एलले नेपालको इलेक्ट्रिक मोबिलिटीमा पुनः एकपटक क्रान्ति ल्याउने अपेक्षा गरिएको कम्पनीको भनाइ छ ।