stcnepal long ad
ime life insurance
national life
global ime bank long

लुयान: सर्भिस नेटवर्कमा अग्रणी ब्राण्ड, काठमाडौंमा मात्रै १४ स्थानमा विस्तार

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नेपालमा इलेक्ट्रिक स्कूटरहरूको माग बढ्दो क्रममा छ । तीन दर्जन भन्दा बढी ब्रान्डका इलेक्ट्रिक स्कुटर बिक्री हुँदै आएको प्रतिस्पर्धात्मक बजारमा लुयान नेपालले भने सर्भिस नेटवर्क विस्तारमा सबैभन्दा बढि जोड दिएको छ ।

बिक्री पछिको सेवालाई छिटो छरितो र प्रभावकारी बनाउन कम्पनीले काठमाडौं उपत्यकामा मात्रै १४ स्थानमा सर्भिस सेन्टर संचलान गरिरहेको छ । यस हिसावले पनि लुयान नेपाल सर्भिस सेन्टर सुविधाको क्षेत्रमा सबैभन्दा अग्रस्थानमा रहन सफल कम्पनी हो भन्न सकिन्छ ।

लुयान नेपालले हाल उपत्यकाका बाफल, बनस्थली, सामाखुसी, टोखारोड, महाराजगञ्ज, कालोपुल, अनामनगर, जडिबुटी, सल्लाघारी, सुर्यविनायक, दुधपाटी, सातदोबाटो, ग्वार्को, रामकोट लगायतका स्थानहरूमा सर्भिस सेन्टर संचालन गर्दै आएको कम्पनिका प्रबन्ध निर्देशक दुर्वास नगरकोटीले बताए ।

उनका अनुसार ग्राहकहरूको पहुँच  सजिलो  बनाउन सर्भिस सेन्टरहरूको विस्तार गरिँदै आएको हो । ‘यो क्रम अझै जारी रहनेछ । हाम्रो लक्ष्य भनेकै ग्राहकहरूलाई सहज, छिटो, र गुणस्तरीय सेवा उपलब्ध गराउनु हो’ नगरकोटीले भने, ‘नेपालमा विद्युतीय सवारीसाधन बेच्ने धेरै कम्पनीले बिक्री पछिको सेवामा पर्याप्त ध्यान दिन सकेका छैनन् ।

धेरैजसो कम्पनीले सीमित क्षेत्रमै सर्भिस सेन्टरहरू सञ्चालन गरेका छन्, जसले गर्दा ग्राहकले सानातिना मर्मतका लागि समेत झन्झट बेहोर्नु परेको छ ।

धेरै ब्रान्डहरूले आफ्नो ध्यान बिक्रीमा मात्र केन्द्रित गरेको देखिन्छ, जबकि बिक्रीपछिको सेवाको महत्वलाई उपेक्षा गरिएको पाइन्छ । यसले ग्राहकहरूको दीर्घकालीन सन्तुष्टिमा नकारात्मक प्रभाव पारेको हुन्छ ।’

लुयान नेपालले सर्भिस सेन्टरहरूको सञ्जालमा दिएको प्राथमिकताले यस क्षेत्रमा अन्य इलेक्ट्रिक स्कूटर कम्पनीहरूलाई पछि पारेको कम्पनी दाबी छ । काठमाडौं उपत्यकासहित अन्य प्रमुख शहरहरूमा पनि सर्भिस सेन्टरहरूको संख्या बढाउँदै जाने योजना आँफुहरुले बनाएको कम्पनीका सेल्स एण्ड मार्केटिङ्ग हेड शंकर शर्माले बताए ।

‘दक्ष र तालिमप्राप्त प्राविधिकहरू सहितको सर्भिस सेन्टरले ग्राहकहरूको स्कूटर मर्मत, ब्याट्री परीक्षण, र अन्य समस्या समाधान गर्न सहजता र्पुयाइरहेको छ’ उनले भने ।

लुयान नेपालले अर्को बर्षसम्म नेपालमा नै एसेम्बल गर्ने गरी सारथी इकुटर ब्राण्डको इलेक्ट्रिक स्कुटर लञ्च गर्ने योजना बनाएको छ ।

हालै इकुटरको ई३ मोडेल लन्च गरेको कम्पनीले निकट भविष्यमा देशका अन्य शहर तथा क्षेत्रहरूमा समेत सर्भिस सेन्टरहरूको पहुँच विस्तार गर्ने योजना बनाएको हो ।

prabhu mahalaxmi
kumari