citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

जेएमईभीले नेपाल ल्याएको नयाँ ईभी ट्याक्सीको बुकिङ खुला, यस्तो छ मुल्य र फिचर

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं . सरिना जी ट्रेड प्रालिले नेपाल ल्याएको नयाँ बिद्युतिय ट्याक्सि ईभीईजीको बुकिङ खुला भएको छ । जेएमईभी ब्रान्डको उक्त ट्याक्सिलाई ४१ लाख ५० हजार रुपैयाँ पर्ने र १ लाख १ हजार रुपैयाँ भुक्तानी गरे बुकिङ गर्न सकिने जनाइएको छ । बिहिबार एक कार्यक्रम आयोजना गरि कम्पनीले यसबारे जानकारी दिएको हो ।

जेएमईभीको सेडान कार जीएसईलाई हालै जगदम्बा मोटर्स अन्तर्गतको शौर्य अटोमोबाइल्सले लन्च गरेको थियो ।

लगत्तै अर्को कम्पनीले यसको ट्याक्सी भर्सन नेपाल ल्याएको हो । नयाँ ईभी ट्याक्सि नेपाल आएसंगै यसको सिधा प्रतिस्पर्धा टाट एक्सप्रेस टीसंग हुनेछ ।

ईभीईजी ट्याक्सिमा ४९ किलोवाट आवरको ब्याट्री प्याक र ९९ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । सिंगल चार्जमा यसले ४३० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । यसको अधिकतम टर्क २२५ एनएम तथा पावर १३४.६ पिएस छ ।

एसी र डिसी दुबै चार्जर सपोर्ट गर्ने यस ईभीलाई डिसी फास्ट चार्जरको साहयतामा ३० मिनेटभित्रै ३० देखी ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

साथै, एसी चार्जरले ९ घण्टा र डिसी चार्जरले १ घण्टा १५ मिनेटमा फुल चार्ज गर्न मिल्छ । कम्पनीले यसको ब्याट्रीमा ८ वर्ष अर्थात १ लाख ५० हजार र मोटरमा ३ वर्ष अर्थात ६० हजार किलोमिटर वारेन्टि दिएको छ ।

यस ट्याक्सिको लम्बाई ४६७५ एमएम, चौडाई १८३५ एमएम र उचाई १४८० एमएम तथा ह्विलवेश २७५० एमएम छ, भने ग्राउन्ड क्लिरियन्स १७० एमएम दिइएको छ । साथै यसमा फ्रन्ट ह्विल ड्राइभ सिस्टम उपलब्ध गराइएको छ ।

आधुनिक डिजाइन दिएर आकर्षक लुक्समा तयार पारिएको यस ट्याक्सिमा डुअल जोन एसी, रिजेनेरिटिभ ब्रेकिङ, तिनवटा ड्राइभि मोड, प्रोजेक्टर हेड ल्याम्प, किलेस इन्ट्रि, ट्रयाक्सन कन्ट्रोल जस्ता फिचर राखिएको छ ।

साथै, यसमा क्रुज कन्ट्रोल, इलेक्ट्रिक पार्किङ ब्रेक, टायर प्रेसर मोनिटर सिस्टम, ४१० लिटरको बुट स्पेस, कोलिजन सेन्सिङ अटोमेटिक अनलक, मल्टि फंक्सन स्टेरिङ ह्विल, आईपी ६७ वाटर प्रुफ ब्याट्री प्याक र थ्री–वे ड्राइभर एन्ड प्यासेन्जर सिट एड्जस्टमेन्ट जस्ता बिशेषता छन् ।

सेफ्टि फिचर अन्तर्गत यसमा २ वटा एयरब्याग, ईबिडी ब्रेकिङ सिस्टमसहितको एबिएस, अटो होल्ड, हिल असिस्ट कन्ट्रोल, रियर पार्किङ सेन्सर र एन्टि पिन्च विन्डो ग्लास लगायत छन् ।

gold
himalayan life insurance long ad