citizens life insurance long ad
stcnepal long ad

ब्याज नलाग्ने स्किममा सिएफ मोटो २५० एनके किन्न पाइने

सरल किस्तावन्दिको सुविधा पनि

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिएफ मोटो नेपालले नयाँ वर्षको अवसर पारेर आफ्नो विशेष वित्तीय योजना ‘न्यू ईयर, न्यू राइड’ सार्वजनिक गरेको छ ।

योजना अन्तर्गत सिएफ मोटो २५० एनके खरिद गर्दा ग्राहकले शुन्य प्रतिशत ब्याजदरमै २४ महिनाको सरल किस्तान्दि सुबिधा पाउनेछन् ।

न्यूनतम ५० प्रतिशत डाउन पमेन्ट गरेर सरल विस्ताबन्दि योजनामा २५० एनके खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

साथै, यस योजनाले सरल कागजी प्रक्रिया र रुचि अनुसारको किस्तावन्दि योजना रोेज्न पाइने सुबिधा समेत प्रदान गरेको छ । नयाँ योजनाले आफ्नो व्राण्डलाई अझ पहुँचयोग्य बनाउने कम्पनीले विश्वास लिएको छ ।

बिक्रीको साथसाथै कम्पनीले बिक्री पछिको सेवालाई अझ चुस्त र दुरुस्त बनाउन, स्पेयर पार्टसको सहज उपलब्धता तथा सर्भिस गुणस्तरलाई समेत उच्च प्राथमिकता दिएको दाबी गरेको छ ।

कम्पनीले हालसालै उपत्यका लगायत बाहिरी जिल्लाका टेक्निसियनहरुलाई जम्मा गरी सिएफ मोटो चाइनाका प्राबिधिकमार्फत तालिम समेत प्रदान गरेको थियो ।

नयाँ वर्ष योजनामा २५० एनके खरिद गर्दा ग्राहकले २५ हजार छुट, एक्सचेन्जमा ३० हजार थप मुल्यांकनको साथै फ्रि गिफ्ट तथा हेल्मेट र १ वर्षका लागि स्पेयर पार्टस खरिदमा १० प्रतिशत छुट समेत पाउने जनाइएको छ । स्किम जनवरी महिनाभर लागु हुनेछ ।

IME Life
kumari