citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

आज पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । आज पुस १६ गते मंगलबार विभिन्न पाँचवटा कम्पनीहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। लक्ष्मी सनराइज बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, साना किसान विकास लघुवित्त, आईसीएफसी फाइनान्स र शिवम सिमेन्टले भोलि पुस १७ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीले मात्रै यी कम्पनीको लाभांश प्राप्त गर्नेछन्।

लक्ष्मी सनराइज बैंकले चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश पारितका लागि यही पुस २४ गते अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा बिहान ११ बजे साधारणसभा बस्नेछ।

सांग्रिला डेभलपमेन्ट बैंकले चुक्ता पूँजीको ३.६५१६ प्रतिशत बोनस शेयर र ०.१९२२ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव गरेको छ। यो प्रस्ताव पारितका लागि पुस २९ गते अम्रपाली ब्याङ्क्वेट, बालुवाटार, काठमाडौंमा बिहान साढे १० बजेदेखि साधारणसभा बस्नेछ।

साना किसान विकास लघुवित्तले चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत नगद लाभांश (कर समेत) वितरणको घोषणा गरेको छ। घोषित लाभांश पारित गर्न पुस २३ गते कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा बिहान १० बजेदेखि साधारणसभा बस्नेछ।

आइसिएफसि फाइनान्सले चुक्ता पूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको निर्णय गरेको छ। यो निर्णय पारितका लागि पुस २९ गते बौद्ध हेरिटेज, बौद्ध पिपलबोट, काठमाडौंमा बिहान १० बजेदेखि साधारणसभा बोलाएको छ।

शिवम सिमेन्टले चुक्ता पूँजीको ८.५५ प्रतिशत बोनस शेयर र ०.४५ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश पारित गर्न पुस २९ गते राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौंमा बिहान ९ बजेदेखि साधारणसभा बोलाएको छ।

gold
himalayan life insurance long ad