citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

इन्धन गाडीभन्दा विद्युतीय गाडीको आयात झन्डै दोब्बर

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । इन्धन गाडीभन्दा विद्युतीय गाडीको आयात झण्डै दोब्बरले धेरै रहेको छ । चालू आर्थिक वर्षको पाँच महिनामा पाँच हजार सात सय वटाभन्दा धेरै चारपाङ्ग्रे विद्युतीय गाडी आयात भएका छन् ।

भन्सार विभागको तथ्याङ्क अनुसार साउनदेखि मंसिरसम्म पाँच हजार सात सय दुई वटा चारपाङ्ग्रे विद्युतीय गाडी भित्रिएका हुन् ।

आयातित विद्युतीय गाडीको मुल्य १४ अर्ब १९ करोड रुपैयाँभन्दा धेरै छ । मंसिरमा मात्रै एक हजार चार सय ८५ वटा चारपाङ्ग्रे विद्युतीय गाडी भित्रिएका तथ्याङ्कले देखाएको छ । पाँच महिनामा इन्धनबाट चल्ने गाडीको आयात भने विद्युतीय गाडीको तुलनामा झन्डै आधा मात्रै छ ।

पाँच महिनामा ५७ सय वटाभन्दा धेरै चारपाङ्ग्रे विद्युतीय गाडी भित्रिएकोमा इन्धनबाट चल्ने गाडी तीन हजार दुई सय ८५ वटा मात्रै आयात भएका छन् । मंसिरमा जम्मा ३ सय ४२ वटा इन्धन गाडी भित्रिएका छन् ।

न्युन भन्सार र विद्युती गाडी प्रोत्साहन गर्ने सरकारी नीतिको कारण विद्युतीय गाडीको आयात निकै बढिरहेको छ ।

तर दुई पाङ्ग्रेमा भने इन्धनबाट चल्नेकै वर्चश्व छ । पाँच महिनामा इन्धनबाट चल्ने दुईपाङ्ग्रे साढे ९३ हजार वटा  आयात  भएकोमा विद्युतीय दुई पाङ्ग्रे भने तीन हजार आठ सय वटा आयात भएका छन् ।

gold
himalayan life insurance long ad