रोयल इनफिल्डका ३ नयाँ मोटरसाइकल लन्च हुँदै
तीनवटै मोडल ६५० सिसीको हुने
![image image](https://www.aarthiksanjal.com/wp-content/uploads/2024/12/Royal-Enfield-Himalayan-650.jpg)
काठमाडौं । रोयल इनफिल्डले छिट्टै तीनवटा नयाँ मोटरसाइकल ल्याउने तयारी गरेको छ । कम्पनीले क्लासिक ६५०, बुलेट ६५० र हिमालयन ६५० मोडल लन्च गर्ने तयारी गरेको हो ।
यी नयाँ मोटरसाइकल लन्च भएपछि ६५० सिसी लाइनअपमा थप बलियो पोर्टफोलियो बन्ने कम्पनीले विश्वास लिएको छ । भारतमा लन्च भएपश्चात यी तिनवटै मोटरसाइकल नेपाली बजारमा समेत भित्रिने अनुमान गर्न सकिन्छ ।
क्लासिक ६५०
रोयल इनफिल्डको सबैभन्दा लोकप्रिय बाइक क्लासिक ३५० को सफलतापछि अब कम्पनीले क्लासिक ६५० लन्च गर्ने तयारी थजाको हो । यो बाइक शक्तिशाली इन्जिन र क्लासिक डिजाइनको साथ प्रस्तुत हुनेछ ।
रिपोर्टहरूका अनुसार, क्लासिक ६५० मा ६४८ सिसी समानान्तर ट्विन इन्जिन हुनेछ । जसले ४७।४ बीएचपी पावर र ५२।४ एनएम टर्क उत्पादन गर्दछ । रोयल एनफिल्ड क्लासिक ६५० सन् २०२५ को पहिलो क्वाटरमा लन्च हुने सम्भावना छ ।
बुलेट ६५०
कम्पनीको दोस्रो आगामी बाइक बुलेट ६५० हुनेछ । यो बाइक रोयल इनफिल्डको आइकोनिक बुलेट सिरिजको ठूलो संस्करण हुनेछ । जसमा धेरै आधुनिक सुविधाहरू पनि थपिनेछन् ।
बुलटे ६५० लाई भारतीय सडकमा परीक्षणको क्रममा धेरै पटक देखाइएको समेत छ । जसले यसको लन्चको अपेक्षा बढाएको छ । बुलेट ६५० मा ६४८ सीसीको ट्वीन–सिलिन्डर इन्जिन उपलब्ध हुने अनुमान गरिएको छ ।
हिमालयन ६५०
हिमालयन ६५० साहसिक बाइक प्रेमीहरूको लागि उत्कृष्ट विकल्प हुने रोयल इनफिल्डले जनाएको छ । यो बाइक रोयल इनफिल्डको लोकप्रिय एडभेन्चर सिरिज हिमालयनको अपग्रेडेड संस्करण हुनेछ ।
रिपोर्टका अनुसार हिमालयन ६५० इन्टरसेप्टर ६५० को ट्रेलिस फ्रेममा बनाइनेछ । शक्तिशाली इन्जिनका साथसाथै राम्रो ग्राउन्ड क्लियरेन्स र एडभेन्चर टुरिङका लागि यसमा धेरै आधुनिक सुविधाहरू उपलब्ध गराइनेछ । हिमालयन ६५० २०२५ को फेस्टिभ सिजनमा लन्च हुने अपेक्षा गरिएको छ ।