citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

सरकारले इन्टरनेट कम्पनी र्‍यापिड युनिक नेटवर्कको लाइसेन्स खारेज

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । सरकारले इन्टरनेट सेवाप्रदायक र्‍यापिड युनिक नेटवर्क प्रा.लि.को अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट (इमेल सहितको) सेवा सञ्चालन गर्न अनुमति लिएको र्‍यापिड युनिक नेटवर्कले तोकिएको समयावधिभित्र लाइसेन्स नवीकरण नगरेकाले लाइसेन्स रद्द भएको प्राधिकरणले जनाएको छ ।

लाइसेन्स मंसिर १८ गतेदेखि खारेज गरिएको हो । साथै, कम्पनीलाई सरकार तथा प्राधिकरणलाई नियमानुसार तिर्न बाँकी रकमबारे ३० दिनभित्र कार्यालयमा सम्पर्क गर्न प्राधिकरणले निर्देशन दिएको छ । अन्यथा, कानुन अनुसार कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

gold
himalayan life insurance long ad