citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

पुष ५ गतेदेखि ‘एमजी विन्टर कार्निभल’ हुँदै

एक्सचेन्ज र टेष्ट ड्राइभसहित विभिन्न कार्यक्रम हुने

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । एमजी मोटर्सको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले ‘विन्टर कार्निभल–२०२४’ आयोजना गर्ने भएको छ ।

पुष ५ देखि ७ गतेसम्म काठमाडौंमा आयोजना हुने उक्त कार्निभलमा एमजी सहित माज्दा, म्याक्सस र वुलिङ ब्रान्डका कार प्रदर्शन गरिनेछ । कार्निभल बालुवाटरस्थित सिल्भर ओकमा आयोजना हुन लागेको हो ।

एमजी विन्टर कार्निभलमा ग्राहकले आँफुसंग भएको पुरानो गाडी दिएर एमजी, माज्दा, म्याक्सस र वुलिङको जनुसुकै कार सट्टापट्टा गर्न सक्ने कम्पनीले जनाएको छ । यसरी सट्टापट्टा गर्दा १० लाख सम्मको एक्सचेन्ज बोनस पाइनेछ ।

कार्यक्रमस्थलबाटै गाडी खरिद गर्न चाहने ग्राहकका लागि तत्कालै फाइनान्स सुबिधा उपलब्ध हुने जनाइएको छ ।

यसैगरी, सहभागीले टेष्ट ड्राइभ, म्युजिक पर्फमेन्स, फुड एन्ड स्न्याक्स र विभिन्न मनोरन्जनात्मक कार्यक्रको मज्जा समेत लिन पाउनेछन् । बच्चाका लागि छुट्टै किड्स प्ले जोनको समेत व्यवस्था मिलाइएको छ ।

कार्यक्रमको प्रमुख आकर्षणका रुपमा शनिबार अर्थात पुष ६ गते हुने जारी नेपाल प्रिमियम लिगको फाइनल म्याच कार्यक्रमस्थलबाटै लाइभ हेर्न सकिनेछ ।

सो विन्टर कार्निभलमा सहभागी भएर एमजी, माज्दा, म्याक्सस र वुलिङ ब्रान्डको ब्रान्ड न्यू गाडीमा अपग्रेड हुन र विभिन्न मनोरन्जनात्मक कार्यक्रमको मज्जा लिन कम्पनीले आह्वान गरेको छ ।

gold
himalayan life insurance long ad