citizens life insurance long ad
stcnepal long ad

नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला निर्विरोध निर्वाचित

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्षमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० सन्तोष कोइराला निर्विरोध निर्वाचित भएका छन् ।

बुधबार सम्पन्न संघको वार्षिक साधारणसभाले उनलाई आगामी दुई वर्षका लागि अध्यक्षमा चयन गरेको हो । कोइराला यसअघि संघका उपाध्यक्षको भूमिकामा थिए।

कोइरालासँगै ग्लोबल आइएमई बैंकका सीईओ सुरेन्द्र रेग्मी उपाध्यक्षमा निर्विरोध चुनिएका छन् । संघका तीन रिक्त सदस्य पदमा पनि निर्विरोध चयन भएको छ । एभरेष्ट बैंकका सीईओ सुदेश खालिङ सदस्यमा चयन भएका छन् ।

अन्य दुई सदस्यमा नेपाल बैंकका सीईओ तीलकराज पाण्डे र कुमारी बैंकका सीईओ रामचन्द्र खनाल निर्वाचित भएका छन् ।

संघको नयाँ कार्यसमितिमा अध्यक्ष कोइराला, उपाध्यक्ष रेग्मी, निवर्तमान अध्यक्ष सुनिल केसी, सदस्यका रूपमा प्रभु बैंकका अशोक शेरचन, नेपाल एसबीआई बैंकका दीपककुमार डे, सानिमा बैंकका निश्चलराज पाण्डे, प्राइम कमर्सियल बैंकका सञ्जीव मानन्धर, एभरेष्ट बैंकका सुदेश खालिङ, सिद्धार्थ बैंकका सुन्दरप्रसाद कँडेल, कुमारी बैंकका रामचन्द्र खनाल, नेपाल बैंकका तीलकराज पाण्डे छन् ।

सल्लाहकारको भूमिकामा नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुंगाना र हिमालयन बैंकका सिईओ अशोक राणा रहेका छन् ।

IME Life
kumari