citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

शारडा ग्रुप र गोल्छा अर्गनाइजेसन मिलेर १०० स्थानमा फास्ट चार्जर स्थापना गर्ने

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनको पूर्वाधार विस्तार गर्ने महत्वपूर्ण कदम अन्तर्गत सहकार्य गर्ने उद्देश्यका साथ डीसी फास्ट चार्जिङ स्टेसनको बृहत् सञ्जाल विकास गर्न शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनले औपचारिक रूपमा एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

नेपालमा विद्युतीय सवारी साधनको पूर्वाधार विस्तार गर्ने एउटा महत्वपूर्ण कदमको रूपमा, यो साझेदारीले ईभी प्रयोगकर्ताहरूका लागि सुविधाजनक चार्जिङ स्टेसन उपलब्ध गराउने र राष्ट्रव्यापी रूपमा वातानुकुलित र दिगो (सस्टेनेबल) यातायात प्रविधिलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । सो साझेदारी अनुसार १ वर्ष भित्रमा देशभरका १०० स्थानहरूमा फास्ट–चार्जर स्थापना गर्ने योजना रहेको छ ।

हाल देशभर १६ भन्दा बढी फास्ट–चार्जिङ नेटवर्क सञ्चालनमा रहेका छन् । उपभोक्तामाझ विद्युतीय सवारीसाधनको बढ्दो लोकप्रियता र प्रयोगसँगै पहुँचयोग्य र भरपर्दो चार्जिङ पूर्वाधारको आवश्यकता बढेको कम्पनीको भनाइ छ ।

हाल पोखरा–३ स्थान, काठमाडौं–३ स्थान, नारायणघाट–३ स्थान, नेपालगन्ज, बुटवल, विराटनगर–२ स्थान, वीरगन्ज, विर्तामोड, बर्दिवास लगायतका स्थानमा विद्यमान चार्जिङ पूर्वाधार रहेका छन् ।

शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनबीचको यो संयुक्त पहलले देशका मुख्य राजमार्ग तथा स्थानहरूमा चार्जिङ स्टेसन स्थापना गर्नमा ध्यान केन्द्रित गर्नेछ जसले अन्ततः ईभी प्रयोगकर्ताहरूलाई निर्धक्क रूपमा देशभर यात्रा गर्न सजिलो बनाउँछ ।

यो सम्झौतासँगै ग्राहकलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले एक वर्षभित्र देशभर १०० वटा डीसी फास्ट चार्जर स्थापना गर्ने साझेदारी योजना रहेको छ ।

शारडा ग्रुप निसान, ओमोडा र जेइको तथा जिकर गाडीको नेपालका लागि आधिकारिक वितरक हो भने गोल्छा अर्गनाइजेसन नेपालका लागि लिप मोटर, सिट्रोन, प्युजो र काईको आधिकारिक वितरक हो ।
साझेदारीले शारडा समूह र गोल्छा अर्गनाइजेसनसँग सम्बद्ध सबै ब्रान्डका ग्राहकहरूलाई पहुँच प्रदान गर्दछ। डीसी फास्ट चार्जरको परम्परागत लाभ राष्ट्रव्यापी रूपमा सबै ग्राहकहरूले प्रयोग गर्न सक्छन्।

यो सम्झौतासँगै शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनले बढ्दो विद्युतीय सवारीको बजारलाई अझ प्रोत्साहित गर्ने प्रतिबद्धता प्रमाणित गरेका छन् ।

यो सम्झौता नेपालको ईभी चार्जिङ नेटवर्कको विकासमा अपरिहार्य एक उपलब्धि हो, जसको साथमा यातायात क्षेत्रमा वातानुकुलित र दिगो भविष्यको लागि मार्ग प्रशस्त हुन्छ ।

gold
himalayan life insurance long ad