citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको भाउ बढाएको छ । डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ३ रुपैयाँले बढाइएको निगमले जनाएको छ ।

आज कात्तिक ३० गते शुक्रबार साँझ बसेको निगम सञ्‍चालक समिति बैठकले मध्यराति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टितेलको नयाँ मूल्य निर्धारण गरेको हो ।

अब डिजेल र मट्टितेलमा पहिलो वर्गका लागि १ सय ५० रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १५२ रुपैयाँ र तेस्रो वर्गमा १५३ रुपैयाँ कायम भएको जनाइएको छ । निगमले पेट्रोल, ग्यास र हवाई इन्धनको मूल्य भने यथावत्‌ राखेको जनाएको छ ।

gold
himalayan life insurance long ad