stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

होन्डा आफ्नो पोर्टफोलियो विस्तार गर्दै, नयाँ इलेक्ट्रिक स्कुटर लन्च गर्ने तयारीमा

Nimb long ad
Prabhu Insurance Long Ad

होन्डा मोटरसाइकल एण्ड स्कुटर इन्डियाले भारतीय बजारमा नयाँ इलेक्ट्रिक स्कुटर लन्च गर्ने तयारी गरिरहेको छ।

होन्डाले मिडियामा सानो भिडियो क्लिप पनि जारी गरेको छ, जसमा कम्पनीले उक्त नयाँ ईभी २७ नोभेम्बर २०२४ मा लन्च गर्ने योजना बनाएको जानकारी दिएको छ । कम्पनीले नयाँ ईभी कुन सेगमेन्टमा ल्याउने हो भन्ने जानकारी नदिए तापनि कम्पनीले होन्डा एक्टिभा इलेक्ट्रिकलाई बजारमा ल्याउन सक्ने अपेक्षा गरिएको छ ।

रिपोर्टका अनुसार होन्डा एक्टिभाको इलेक्ट्रिक संस्करण फिक्स ब्याट्रीको साथमा लन्च गर्ने सम्भावना छ । होन्डाले एक्टिभा इलेक्ट्रिक स्कुटर लन्च गरेमा यसले टीभीएस, ओला, एथरका इलेक्ट्रिक स्कुटरसँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ ।

कम्पनीले गत वर्ष ईएम १ई ल्याइएपछि होन्डा कम्पनीको लाइनअपमा सामेल हुने यो दोस्रो ईभी हुनेछ । सो इलेक्ट्रिक स्कुटरमा पावर दिनका लागि दुईवटा हटाउन सकिने ब्याट्री प्याक प्रयोग गरिएको छ।

फुल चार्जमा ७० किलोमिटरभन्दा बढीको रेन्ज प्रदान गर्न सक्ने बताएको छ । सो मोडलको कन्सेप्ट गत वर्ष टोकियो मोटर शोमा पनि देखाइएको थियो ।

prabhu mahalaxmi
kumari